खलिस्तानी पृथकतावादी अर्शदीप सिंह क्यानडाबाट पक्राउ « Khabarhub

खलिस्तानी पृथकतावादी अर्शदीप सिंह क्यानडाबाट पक्राउ


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खलिस्तानी पृथकतावादी गतिविधिमा संलग्न अर्श दल्ला भन्ने अर्शदीप सिंह गिल क्यानाडामा पक्राउ परेका छन् । क्यानाडाको ओन्टारियोस्थित मिल्टनमा गोलीकाण्ड भएपछि उनलाई पक्राउ गरिएको क्यानाडाको सीटीभीले जनाएको छ ।

क्यानाडा र भारतबीच कूटनीतिक तनाव बढिरहेका बेला उनी पक्राउ परेका हुन् । दल्ला गत वर्षको जुन महिनामा क्यानाडामा मारिएका अर्का खलिस्तानी नेता हर्सदीप सिंह निज्जरका निकटस्थ मानिन्छन् ।

क्यानाडाले निज्जरको हत्यामा भारतको हात रहेको आरोप लगाउँदै आएको छ । भारतले क्यानाडाको आरोप अस्वीकार गर्ने गरेको छ ।

भारतको गृह मन्त्रालयले उनलाई मोस्ट वान्टेड आतंककारीको सूचीमा राखेको छ । भारतमा उनलाई व्यक्ति हत्या र जबरजस्ती अशुलीको अभियोग लागेको छ । दल्ला सन् २०१८ मा पञ्जाबबाट क्यानाडा पुगेका थिए । उनी क्यानाडाको सरेमा बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १० : ४६ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ