खलिस्तानी पृथकतावादी अर्शदीप सिंह क्यानडाबाट पक्राउ « Khabarhub

खलिस्तानी पृथकतावादी अर्शदीप सिंह क्यानडाबाट पक्राउ


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खलिस्तानी पृथकतावादी गतिविधिमा संलग्न अर्श दल्ला भन्ने अर्शदीप सिंह गिल क्यानाडामा पक्राउ परेका छन् । क्यानाडाको ओन्टारियोस्थित मिल्टनमा गोलीकाण्ड भएपछि उनलाई पक्राउ गरिएको क्यानाडाको सीटीभीले जनाएको छ ।

क्यानाडा र भारतबीच कूटनीतिक तनाव बढिरहेका बेला उनी पक्राउ परेका हुन् । दल्ला गत वर्षको जुन महिनामा क्यानाडामा मारिएका अर्का खलिस्तानी नेता हर्सदीप सिंह निज्जरका निकटस्थ मानिन्छन् ।

क्यानाडाले निज्जरको हत्यामा भारतको हात रहेको आरोप लगाउँदै आएको छ । भारतले क्यानाडाको आरोप अस्वीकार गर्ने गरेको छ ।

भारतको गृह मन्त्रालयले उनलाई मोस्ट वान्टेड आतंककारीको सूचीमा राखेको छ । भारतमा उनलाई व्यक्ति हत्या र जबरजस्ती अशुलीको अभियोग लागेको छ । दल्ला सन् २०१८ मा पञ्जाबबाट क्यानाडा पुगेका थिए । उनी क्यानाडाको सरेमा बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १० : ४६ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू