अमेरिकाको एक विद्यालयमा बन्दुकधारीको आक्रमण : दुई जनाको मृत्यु, ६ घाइते « Khabarhub

अमेरिकाको एक विद्यालयमा बन्दुकधारीको आक्रमण : दुई जनाको मृत्यु, ६ घाइते


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

सिकागो – अमेरिकाको हाई स्कुलमा भएको गोली प्रहारमा दुई जनाको मृत्यु भएको छ। उक्त घटनामा अन्य ६ जना घाइते भएका छन्।

विन्सकिन्सिन प्रहरीले दिएको जानकारी अनुसार राज्यको राजधानी मेडिसनको अबुन्डान्ट लाइफ क्रिस्चियन स्कुलमा बन्दुकधारीले आक्रमण गरेका हुन्।

आक्रमण लगत्तै प्रहरी पुग्दा दुई जनाको मृत्यु भइसकेको थियो। प्रहरीले एक महिलामाथि शङ्का गरेको छ। टिनएजका एक विद्यार्थी र शिक्षकको ज्यान गएको छ। घाइते मध्यका दुई जना विद्यार्थीको अवस्था चिन्ताजनक छ।

सो घटना भएको विन्सकन्सिन राज्य सिकागोको उत्तर पश्चिममा पर्छ। सो राज्य प्रविधि, स्वास्थ्य र व्यवस्थापनको शिक्षाका लागि अग्रणी मानिन्छ।

घटनापछि विन्सकिन्सिनका गभर्नरले सो राज्यमा २२ डिसेम्बरसम्म झन्डा आधा झुकाउने निर्णय गरेका छन्। फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई)ले त्यहाँ अनुसन्धान भइसकेको जनाएको छ। एफबिआईले स्थानीय शक्तिलाई त्यहाँ प्रयोग गरीसकेको जनाएको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सो घटना लगायत अन्य धेरै घटनामा दुःख व्यक्त गर्दै नयाँ कानुन आवश्यक रहेको बताएका छन्। उनले विद्यालयमा बन्दुक प्रहारका घटना बढी रहेका कारण यसलाई रोक्न काँग्रेसबाटै नयाँ कानुन पास गर्नुपर्ने कुरामा जोड दिएका हुन्।

उनले बन्दुक प्रहारबाट विद्यार्थीलाई जोगाउन नसक्नु दुःखद विषय भएको बताएका छन्।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ६ : ०२ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा