एनपीएल : बुधबार इलिमिनेटरमा कर्णाली र चितवन, क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्दै « Khabarhub

एनपीएल : बुधबार इलिमिनेटरमा कर्णाली र चितवन, क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्दै


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेल सकिएसँगै मंगलबार कुनै खेल छैनन्। बुधबार इलिमिनेटर र पहिलो क्वालिफायरका दुई खेल हुँदैछन्।

अंक तालिकाको तेस्रो स्थानमा रहेको चितवन र चौथो स्थानको कर्णाली याक्सबीच इलिमिनेटर खेल बुधबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

लिग चरणका सातमध्ये चार खेलमा जित र तीन हारसहित आठ अंक बनाएका चितवन र कर्णालीले तालिकाको तेस्रो र चौथो स्थानमा रहँदै इलिमिनेटरमा भेट पक्का गरेका हुन्। समान आठ अंक भए पनि काठमाडौं गुर्खाज भने रनरेटका आधारमा प्लेअफ दौडबाट बाहिरिएको छ।

कर्णालीका कप्तान सोमपाल कामी र चितवनका कप्तान कुशल मल्ल । फाइल तस्बिर

 

सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम र १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको जनकपुरको भिडन्त हुनेछ। यो खेल बुधबार दिउँसो १ बजे सुरु हुनेछ।

चितवन र कर्णालीमध्ये एक टिम इलिमिनेटर प्रतिस्पर्धामा पराजित भएमा उपाधि होडबाट बाहिरिनेछन्। विजयी टिमले भने पहिलो क्वालिफायरमा पराजित टिमसँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।

जनकपुरमा कप्तान अनिल शाह र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी । फाइल तस्बिर

दोस्रो क्वालिफायर बिहीबार दिउँसो १५ बजे सुरु हुनेछ। दोस्रो क्वालिफायरमा पराजित हुने टोली उपाधि होडबाट बाहिरिनेछ भने विजयी टिमले पहिलो क्वालिफयारमा विजयी हुने टोलीसँग फाइनलमा उपाधि भिडन्त गर्न पुग्नेछ। नेपालको किक्रेट उत्सावका रुपमा हेरिएको एनपीएलको फाइनल खेल शनिबार दिउँसो १२ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने छन्। प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ७ : ०८ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका