बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माण | Khabarhub Khabarhub

बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माण


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काभ्रे– गत असोज दोस्रो साता बाढीपहिरोले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि रोशी गाउँपालिकाले अस्थायी आवास निर्माण थालेको छ ।

बाढीपहिरोमा परी उक्त गाउँपालिकामा १२ जनाको ज्यान गएको थियो भने चार सय ८२ घर पूर्ण रूपमा तथा आठ सय ८३ घर आंशिक रूपमा क्षति पुगेको थियो ।

चिसो बढ्दै गएपछि बाढीपहिरोपीडित अझ प्रभावित हुने भएपछि पहिलो चरणमा घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार हाल वडा नम्बर २ बाट अस्थायी आवास निर्माणको काम सुरु गरिएको हो । यस वडामा ३० अस्थायी आवास निर्माण हुनेछन् ।

विभिन्न सहयोगी संस्थाको साझेदारीमा विपद्पीडितको अस्थायी आवास निर्माण भइरहेको जनाइएको छ ।

अध्यक्ष लामाका अनुसार बाढीपहिराले दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको थियो भने एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो । यस्तै बाढीपहिराले निर्माण सम्पन्न भएको डम्फू उद्यान, १० शय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको थियो ।

स्थानीय स्रोत, साधन प्रयोग गरी अस्थायी आवास निर्माण भइरहेको हो । वडा नम्बर २ मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट स्वीकृत मापदण्डअनुसार नै अस्थायी आवास निर्माणको काम भइरहेको उनको भनाइ छ ।

उनका अनुसार व्यक्तिगत सहयोगमा वडा नम्बर ९ नार्के तथा आसपासमा ३० अस्थायी आवास निर्माणको काम भइरहेको छ ।

उक्त गाउँपालिकाले विपद् व्यवस्थापनका लागि गत कात्तिक ३० गते नै विशेष गाउँसभामार्फत चालु आर्थिक वर्षमा योजनाका लागि विनियोजित बजेटबाट केही प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो ।

गाउँपालिकाले विपद्सँग सम्बन्धित बनाएर दुई सय ६६ योजना संशोधन गरेको छभने विपद् कोष दुई करोड ८० लाखको बनाएको जनाएको छ ।

कोषको रकमले स्थानीय तहमा अत्यावश्यक विपद् खर्च, बाढीपहिराले गरेको क्षतिको तथ्याङ्क सङ्कलन, राहत वितरणलगायत विविध शीर्षकमा खर्च गर्नेगरी संशोधन गरिएको थियो ।

अध्यक्ष लामाका अनुसार तत्कालका लागि विपद्ले क्षति गरेका पूर्वाधारको मर्मत तथा निर्माणका लागि एक करोड, विपद् हेल्पडेस्कका लागि पाँच लाख, तथ्याङ्क सङ्कलन तथा जनशक्ति परिचालनमा १० लाख रुपैयाँ विनियोजन भएको छ ।

यस्तै, राहत (खाद्यान्न, लत्ताकपडा)का लागि ५० लाख, मृतक परिवारलाई प्रतिपरिवार ५० हजार, मर्मतसम्भारमा ५० लाख, विपद् सामग्री खरिदमा १० लाख तथा बाढीपीडितलाई सहायताका लागि ५५ लाख बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाले गत असारमा पारित बजेटको आकार घटाएको हो । चालु आवका लागि विनियोजित ६९ करोड २० लाख ९८ हजारमा तीन करोड ४३ लाख घटाएर ६५ करोड ७७ लाख ९८ हजार बजेट कायम गरेको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ८ : ३९ बजे

एसइई नतिजा सुधारका लागि सबै विकल्प अपनाऔँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइई) को

कांग्रेसले तय गर्‍यो केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा

काठमाडौं– नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा

नेपालले नागरिकको खाद्य अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गरेको छ : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले नागरिकको खाद्य सम्बन्धी

प्राङ्गारिक मल प्रयोग गर्ने किसानलाई सरकारले सहयोग गर्नुपर्छ : प्रवक्ता महत 

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्राङ्गारिक मल प्रयोग

‘काँटा लगा’ मोडल शेफालीको अन्त्येष्टि गरियो, पोस्टमार्टम रिपोर्ट आउन बाँकी

काठमाडौं – बलिउड नायक सलमान खान र अक्षय कुमार अभिनीत