रविलाई कास्की अदालतमा उपस्थित गराइयो « Khabarhub

रविलाई कास्की अदालतमा उपस्थित गराइयो


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेश गरिएको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पछिल्लो पटक थपिएको ५ दिनको म्याद सोमबार सकिएसँगै आज अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

लामिछानेविरुद्ध आगामी शुक्रबारसम्म जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ ।

प्रहरीले सोमबार नै सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध तीनवटा अभियोगमा मुद्दा चलाउन सरकारी वकिलकहाँ सिफारिस गरेको छ ।

यो पनि-

रवि, छवि र जीबीसहित ५१ विरुद्ध तीन मुद्दा, कूल बिगो एक अर्ब ५१ करोड ४० लाख

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको समेत मुद्दा भएकाले ९० दिन अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको पुस ५ गते ९० दिन पुग्दैछ । लामिछानेलाई पनि जोशी पक्राउ परेको मितिबाट म्याद मिलाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सोमबार बुझाएको प्रतिवेदन अध्ययन गरिरहेको सरकारी वकिल कार्यालयले अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरिरहेको छ । त्यतिञ्जेलका लागि आज रविलाई म्याद थप गरेर हिरासतमा राख्ने प्रहरीको तयारी छ ।

यसअघि सातपटक म्याद थप गर्दै हिरासतमा राखिएका रविलाई आठौंपटक म्याद थप गर्न लागिएको हो ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १० : ४० बजे

निर्वाचन आउन ८८ दिन बाँकीः आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल मंसिर २१ गते आइतबार तदनुसार

आज २०८२ साल मंसिर २१ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २१ गते आइतबार तदनुसार

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न