पातिचौर–बाजुङ–लेसपार–नागी सडक स्तरोन्नति « Khabarhub

पातिचौर–बाजुङ–लेसपार–नागी सडक स्तरोन्नति


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

पर्वत – मार्ग खुलेको झण्डै दुई दशकपछि पातिचौर–बाजुङ–क्याङ–लेसपार–नागी सडक स्तरोन्नतिको काम भइरहेको छ ।

एसियाली विकास बैंक (एडिबी)को सहयोगमा आरसिआइपी परियोजना पोखरामार्फत सडकको स्तरोन्नति थालिएको हो । करिब २८ किलोमिटर लामो यो सडक झन्डै रु ५४ करोड ९० लाख ४२ हजार नौ सय ७० को लागतमा स्तरोन्नति थालिएको हो ।

यो अहिले जिल्लामा सञ्चालित सडक आयोजनामध्ये सबैभन्दा ठूलो रहेको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए। मार्ग खुलेको लामो समयसम्म पनि सडक स्तरोन्नति नहुँदो मोदीका वडा नंं ५ र ४ का बासिन्दा कष्टकर रूपमा यात्रा गर्न बाध्य भएका थिए । स्तरोन्नतिअन्तर्गत अहिले चक्लाबन्दी गर्ने, नाली बनाउने, ग्याबिन जाली, टेवा पर्खाल निर्माणलगायत काम भइरहेको उपाध्यक्ष लामिछानेले जानकारी दिए।

चौबिस महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी गत चैत २९ गते एमएस बाँनिया निर्माण सेवा प्रालि हेटौँडाले निर्माणको जिम्मा पाएको छ । अहिले स्तरोन्नतिका लागि पर्याप्त जनशक्ति राखेर काम गरिरहेको निर्माण व्यवसायीले जानकारी दिएका छन् ।

दुई वर्षमा कालोपत्रसहित सम्पन्न हुने सडकले छिमेकी जिल्ला म्याग्दीको पर्यटकीय क्षेत्र नागीलाई समेत जोड्नेछ । यसले पर्यटकीय र अन्य रणनीतिक महत्व बोकेको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताए। विशेषगरी पर्वतको जलजला, हम्पाल, माटे हुँदै म्याग्दीका नागी, मोहोरेडाँडा, पुनहिललगायत क्षेत्रमा जाने पर्यटकलाई पनि सडकले राहत मिल्ने अपेक्षा गरिएको छ ।

योसँगै मोदी गाउँपालिकामै अर्को सडक कालोपत्रको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको समपूरक बजेटअन्तर्गत करिब रु ४२ करोडको लागतमा निर्माणाधीन रतिखोला–दराक–चित्रे–गँगटे सडक स्तरोन्नति तथा कालोपत्रको काम पनि द्रुतगतिमा भइरहेको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । करिब १२ किलोमिटर लामो यो सडक दुई वर्षभित्रमा कालोपत्रसहित सम्पन्न हुनेछ ।

दुवै सडकको सङ्घीय सांसद तथा पूर्वमन्त्री पदम गिरीले अनुगमन गरे । सो क्रममा सांसद गिरीले गुणस्तरीय काम गर्न आग्रह गरेका छन् । उनले तोकिएकै समयमा निर्धारित गुणस्तर अनुसारको काम गरेर सडक हस्तान्तरण गर्न निर्माण व्यवसायी र सम्बन्धित कार्यालयलाई आग्रह गर्दै कुनै समस्या आइलागेमा आवश्यक समन्वय गर्नसमेत सुझाव दिएका छन् ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १ : ०६ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा