सार्वजनिक यातायातमा चोरी र पाकेटमारी गर्ने १२१ जना पक्राउ « Khabarhub

सार्वजनिक यातायातमा चोरी र पाकेटमारी गर्ने १२१ जना पक्राउ


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सार्वजनिक यातायातमा यात्रुका सामान चोरी गर्ने, पाकेटमारी तथा लुटपाट गर्ने र महिलामाथि दुर्व्यवहार गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलासहित १२१ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ५ बजेदेखि सञ्चालन गरेको ‘सुरक्षित यात्रा’ विशेष अभियानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुका नगद, मोबाइल फोन, गरगहना तथा व्यक्तिगत सामान चोरी हुने, पाकेटमारी र लुटपाट हुने तथा महिलामाथि दुर्व्यवहार र दुःख हैरानी दिने घटनाबारे प्राप्त जनगुनासोका आधारमा अभियान सञ्चालन गरिएको हो।

पक्राउ पर्नेमा काठमाडौंका विभिन्न स्थानबाट एक महिलासहित १०१ जना, ललितपुरबाट ११ जना र भक्तपुरबाट नौ जना पुरुष रहेका छन्।

प्रहरीले काठमाडौंको बालाजु, नयाँबसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, कलङ्की, कालिमाटी, स्वयम्भू, बल्खु, मालिगाउँ, थानकोट, रत्नपार्क र सुन्धाराबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

त्यस्तै, ललितपुरको सानेपा, सातदोबाटो, इमाडोल, लगनखेल र पुल्चोक तथा भक्तपुरको ठिमी, लोकन्थली, बालकोट, कौशलटार र सल्लाघारीबाट पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ५ : २६ बजे

सार्वजनिक यातायातमा चोरी र पाकेटमारी गर्ने १२१ जना पक्राउ

काठमाडौँ – सार्वजनिक यातायातमा यात्रुका सामान चोरी गर्ने, पाकेटमारी तथा लुटपाट

अफगानिस्तानको विद्यालयमा विस्फोट, सात जनाको मृत्यु, ९० भन्दा बढी घाइते

एजेन्सी- अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयमा शनिबार भएको विस्फोटमा परी

बेलायतमा सवारीसाधन उत्पादन ४ प्रतिशतले बढ्यो

एजेन्सी- बेलायतमा सवारीसाधन उत्पादन गत वर्षको अक्टोबरको तुलनामा यस वर्षको सोही

भिक्टोरिया निर्वाचनमा कन्जरभेटिभको जितको सम्भावना

काठमाडौँ- अस्ट्रेलियाको भिक्टोरिया राज्यमा शनिबार सम्पन्न निर्वाचनमा कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले

झारफुकको भाइरल भिडियो प्रकरण : जुम्लामा एक जना पक्राउ

काठमाडौं- झारफुक गर्ने भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो प्रकरणमा