रवि र निकिताको खातामा २८ करोड ९१ लाख ! « Khabarhub

रवि र निकिताको खातामा २८ करोड ९१ लाख !

निकिताको चुनौती- रविले सहकारीबाट ऋण लिएको प्रमाण देखाऊ


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलको नाममा रहेका विभिन्न बैंकका खाता मार्फत झण्डै २९ करोड रुपैयाँको कारोबार भएको समाचार आएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री समेत रहेका रवि र उनकी पत्नी निकिताको नाममा रहेका ७ वटा बैंकका १७ वटा एकल र संयुक्त खाताहरूमा २८ करोड ९१ लाख रुपैयाँको कारोबार भएको देखिएको कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ ।

रवि र निकिताको नाममा खोलिएका खाताहरूमा सन् २०१६ देखि पछिल्लो समयसम्म २९ करोडको कारोबार भएको ठगि प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको हवाला दिँदै मंगलबार प्रकाशित समाचारमा उल्लेख छ ।

समाचारअनुसार ग्लोबल आईएमई बैंक, नेपाल बैंक लिमिटेड, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, हिमालयन बैंक गरी ७ बैंकमा रवि र निकिताका नाममा १७ वटा खाता देखिएका छन् ।

जसमध्ये ग्लोबल आईएमई बैंक, नेपाल बंैक लिमिटेड र सिद्धार्थ बैंकमा रविको नामका ३ वटा एकल खाता, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक र हिमालयन बैंकमा निकिताका नाममा १३ वटा एकल खाता र नेपाल बैंक लिमिटेडमा रवि–निकिताको संयुक्त खाताबाट कारोबार गरिएको छ ।

कान्तिपुर दैनिकका अनुसार उनीहरूले नेपाल बैंक लिमिटेडमा रहेको संयुक्त खाताबाट ४ करोड १३ लाख रुपैयाँको कारोबार गरेका छन् । रविले ग्लोबल आईएमई बैंकमा रहेको आफ्नो एकल खाताबाट ८ करोड २६ लाख रुपैयाँको कारोबार गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

रविको एकल खाता रहेका अन्त्य दुई बैंकमध्ये नेपाल बैंक लिमिटेडबाट ३ करोड ८५ लाख र सिद्धार्थ बैंकबाट १० लाख ४६ हजार रुपैयाँको कारोबार गरेको देखिएको कान्तिपुर दैनिकमा समाचार छ ।

निकिताले आफ्नो एकल खाता रहेको सिद्धार्थ बैंकमा सबैभन्दा बढी ६ करोड ५७ लाखको कारोबार गरेकी छन् । यस्तै सोही बैंकमा रहेको अर्को खाताबाट उनले १० लाख ४६ हजार रुपैयाँ कारोबार गरेको देखिन्छ ।

निकिताको लक्ष्मी सनराइज बैंकमा रहेका दुई फरक–फरक खाताबाट क्रमशः ५ लाख ८९ हजार र ३२ हजार ८ सय रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ । उनले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा रहेका ३ वटा खातामा छुट्टाछुट्टै १ करोड ५ लाख, ३ करोड ७७ लाख र ५ सय अमेरिकी डलरको कारोबार गरेको पाइएको छ ।

यस्तै प्रभु बैंकमा रहेका निकिताका ३ वटा खाताहरूबाट क्रमशः २३ लाख २७ हजार, २ हजार र ३२ हजार, ग्लोबल आईएमई बैंकमा रहेका २ खाताबाट २ करोड २९ लाख र ३ लाख १३ हजार रुपैयाँ फरक–फरक कारोबार भएको प्रहरीको अनुसन्धानमा देखिएको समाचारमा जनाइएको छ । पूर्वगृहमन्त्री रविपत्नी निकिताले नेपाल बैंक लिमिटेडको खाताबाट २ करोड ३२ लाख र हिमालयन बैंकको खातामार्फत् १ लाख ६० हजार रुपैयाँ कारोबार गरेको कान्तिपुरले लेखेको छ ।

रवि र निकिताले एकल र संयुक्त खातामार्फत् झण्डै २९ करोड रुपैयाँ बराबरको कारोबार गरे पनि पछिल्लो समय उनीहरूका सबै खातामा गरी मात्र ७ लाख ७४ हजार रुपैयाँ मौज्दात देखिएको समाचारमा उल्लेख छ ।

कान्तिपुरमा प्रकाशित समाचारप्रति निकिताले आपत्ति जनाएकी छ्न् ।

यो पनि- 

निकिताको चुनौती- रविले सहकारीबाट ऋण लिएको प्रमाण देखाऊ

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १ : ४२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल