एमाले डोटीको अध्यक्षमा मलासी « Khabarhub

एमाले डोटीको अध्यक्षमा मलासी


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

डोटी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएका छन् । सोमबार भएको मतदानको आज बिहान मत परिणाम सार्वजनिक भएको हो ।

निकटतम् प्रतिद्वन्द्वी शेरबहादुर मल्ललाई ४४ मत अन्तरले पराजित गर्दै मलासी निर्वाचित भएका हुन् । मलासीले दुई सय १५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी मल्लले एक सय ७१ मत प्राप्त गरे।

त्यसैगरी उपाध्यक्षमा खगेन्द्र बडैला निर्वाचित भएका छन् । उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको थियो । सचिवमा पदमराज भट्ट खुला उपसचिवमा डम्बरसिं डौडी र महिला उपसचिवमा बिस्ना सिंह निर्वाचित भएका छन् ।

एमाले डोटीको जिल्ला अधिवेशन पटक पटक सर्दै आएको थियो ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १ : ५८ बजे

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं–  सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार