डिजिटल सुरक्षाबारे चेतना जगाउन टिकटकले गर्‍यो सेफ्टी एम्बेसडरसँग कार्यक्रम « Khabarhub

डिजिटल सुरक्षाबारे चेतना जगाउन टिकटकले गर्‍यो सेफ्टी एम्बेसडरसँग कार्यक्रम


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कन्टेन्ट क्रिएटरहरूसँग सेफ्टी एम्बेसडर कार्यक्रमअन्तर्गत नेपालमा डिजिटल सुरक्षाबारेमा चेतना जगाउन टिकटकले कार्यक्रमको आयोजना गरेको छ।

शनिबार काठमाडौंमा कार्यक्रम गर्दै टिकटकले सेफर टुगेदर अभियान सञ्चालन अन्तर्गत आफ्ना प्रयोगकर्ता र प्लेटफर्म दुवैको सुरक्षामा जोड दिएर के गर्न सकिन्छ र के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित सामूहिक छलफल आयोजना गरेको छ।

कार्यक्रममा ओशिन सिटौला, पराक्रम राणा, मङ्गिता मानन्धर(माई डार्लिंग फुड), सुशान्त प्रधान, राष्ट्र विमोचन तिमल्सिना र श्री पाण्डेलगायत कन्टेन्ट क्रिएटर सहितको सामूहिक छलफल भएको थियो।

वक्ताहरूले इन्टरनेटको जिम्मेवार प्रयोग र सुरक्षित सामग्री निर्माणको वकालत गर्दै गलत सूचना, उत्पीडन, साइबर बुलिङ, अनलाइन ठगीहरू लगायतका डिजिटल सुरक्षाका विभिन्न पक्षहरूबारे छलफल गरेका थिए।

यस्तै कसरी आकर्षक कन्टेन्ट सिर्जना गरेर राम्रो कन्टेन्ट क्रिएटर बन्न सकिन्छ भन्नेबारे कार्यक्रमका अतिथिहरूलाई सुझाव र दिशानिर्देशहरू पनि दिइएको थियो।

टिकटक प्लेटफर्ममा ‘सेफ्टी सेन्टर’ मा सुरक्षा अपडेटहरूका लागि केन्द्रीकृत स्थान प्रदान गरिएको र जसले प्लेटफर्ममा सुरक्षा दिन सबै कार्यहरू सम्बन्धी जानकारीहरू प्रदान गरिने जनाइएको छ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ५ : १६ बजे

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने

महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सिंहले दिए राजीनामा

महेन्द्रनगर– मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा