संविधान संशोधनबारे अध्ययन गर्न एकीकृत समाजवादीको कार्यदल « Khabarhub

संविधान संशोधनबारे अध्ययन गर्न एकीकृत समाजवादीको कार्यदल


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले संविधान संशोधनबारे अध्ययन गर्न कार्यदल बनाएको छ ।

एकीकृत समाजवादीको काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले पार्टी उपाध्यक्ष एवम् पूर्वमन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाले जनकारी दिए ।

‘अहिले संविधान संशोधनको सबैभन्दा बढी चर्चा भइरहेको छ । सरकारका दलहरूले संविधान संशोधनको कुरा गरिरहेका छन् । के प्रस्ताव ल्याउँछन् ? थाहा छैन । तर, एकीकृत समाजवादीले संविधान संशोधनसम्बन्धी आजको आवश्यकता, उपादेयता, संशोधन गर्ने विभिन्न पक्षबारे अध्ययन गर्नका लागि सुझाव कार्यदल गठन गरेको छ’, बैठकको निर्णय सार्वजनिक गर्दै खतिवडाले भने, ‘त्यो कार्यदलमा प्रकाश ज्वालाले संयोजन गर्नु हुनेछ । अरु ६ जना सदस्यहरू रहनु भएको छ ।’

कार्यदलका सदस्यहरूमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राईलाई राखिएको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ५ : २४ बजे

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले

हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा– डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि