संविधान संशोधनबारे अध्ययन गर्न एकीकृत समाजवादीको कार्यदल | Khabarhub Khabarhub

संविधान संशोधनबारे अध्ययन गर्न एकीकृत समाजवादीको कार्यदल


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले संविधान संशोधनबारे अध्ययन गर्न कार्यदल बनाएको छ ।

एकीकृत समाजवादीको काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले पार्टी उपाध्यक्ष एवम् पूर्वमन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाले जनकारी दिए ।

‘अहिले संविधान संशोधनको सबैभन्दा बढी चर्चा भइरहेको छ । सरकारका दलहरूले संविधान संशोधनको कुरा गरिरहेका छन् । के प्रस्ताव ल्याउँछन् ? थाहा छैन । तर, एकीकृत समाजवादीले संविधान संशोधनसम्बन्धी आजको आवश्यकता, उपादेयता, संशोधन गर्ने विभिन्न पक्षबारे अध्ययन गर्नका लागि सुझाव कार्यदल गठन गरेको छ’, बैठकको निर्णय सार्वजनिक गर्दै खतिवडाले भने, ‘त्यो कार्यदलमा प्रकाश ज्वालाले संयोजन गर्नु हुनेछ । अरु ६ जना सदस्यहरू रहनु भएको छ ।’

कार्यदलका सदस्यहरूमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राईलाई राखिएको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ५ : २४ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक