ग्रीसमा डुङ्गा दुर्घटना, चार जना पाकिस्तानीको मृत्यु « Khabarhub

ग्रीसमा डुङ्गा दुर्घटना, चार जना पाकिस्तानीको मृत्यु


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणी ग्रीसको क्रेट टापुमा शनिबार भएको डुंगा पल्टिँदा चार जना पाकिस्तानी नागरिकको मृत्यु भएको पाकिस्तानको विदेश कार्यालयका प्रवक्ता मुमताज जाहरा बलोचले एक विज्ञप्तिमार्फत पुष्टि गरेका छन्।

बलोचले सोमबार भने ,’हामी गहिरो दुःखका साथ घोषणा गर्दछौं कि ग्रीक अधिकारीहरूले साझा गरेको पछिल्लो जानकारी अनुसार ग्रीसको क्रेट टापुको दक्षिणमा शनिबार भएको डुङ्गा पल्टिने घटनाहरूमा चार जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ । जीवित व्यक्तिहरूलाई सहयोग गर्न ग्रीक अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ ।’

यसअघि पाकिस्तानी विदेश मन्त्रालयले ग्रीसको तटमा डुङ्गा पल्टिएको स्थानबाट ४७ जना पाकिस्तानी नागरिकको उद्धार गरेको पुष्टि गरेको थियो ।

सन् २०११ देखि ग्रीस अनियमित आप्रवासी र युरोपेली युनियन (इर्यु) प्रवेश गर्न प्रयास गर्ने शरणार्थीहरूको लागि प्रमुख प्रवेश बिन्दु भएको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ५ : ४८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा