बजेट अभावमा सगरमाथा आन्तरिक विमानस्थल अलपत्र « Khabarhub

बजेट अभावमा सगरमाथा आन्तरिक विमानस्थल अलपत्र

मन्त्री पाण्डेले गरे स्थलगत अवलोकन


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उदयपुरको प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल बजेट अभावका कारण निर्माणको कार्य रोकिएर अलपत्र अवस्थामा पुगेको छ ।

निर्माणाधीन विमानस्थलको काम लामो समय सम्म रोकिएपछी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले उक्त विमानस्थलको स्थलगत अवलोकन गरेका छन् ।

मन्त्री पाण्डेले विमानस्थलको जग्गाको स्थलगत अवलोकन गर्दै सरकारसंग विमानस्थल निर्माणका लागि आवश्यक बजेट नहुँदा लामो समय देखी विमानस्थल निर्माणको काम रोकिएको बताए ।

उनले उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल निर्माणका लागि जग्गाको मुआब्जा समेत तिर्नु नपर्ने अवस्था रहेको, जग्गा प्राधिकरणका नाममा आइसकेको अवस्थामा समेत सरकारले बजेट सुनिश्चित गर्न नसक्दा निर्माणको कार्य सुचारु गर्न नसकिएको बताए ।

अब उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल निर्माणका लागी स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले लागत स्टमेट तयार गरेर बजेट विनियोजन गर्नु पर्नेमा उनले जोड दिए ।

त्यस्तै संघीय सांसद डा. नारायण खड्काले हजारौँ रुख काट्न लगाएर, वातावरण बिगारेर अहिले विमानस्थल निर्माणको कार्य कुनै पनि बहानामा रोकिएमा जनता चुप लागेर नबस्ने बताए । सांसद खड्काले जग्गा प्रति र प्रस्तावित विमानस्थल भित्रका रुख कट्ने काम सकिसकेको भन्दै अब यो वा त्यो बहानामा विमानस्थल निर्माणको कार्य रोकिए सयौँ जनता लिएर आफू मन्त्रालय र नागरिक उड्डयन प्राधिकरण घेराउ गर्न काठमाडौँ पुग्ने चेतावनी दिए ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल वातावरण लगायतका सबै खाले विषयले उपयुक्त रहेको भन्दै आफूहरूले बजेट पाए तत्काल काम सुरु गर्ने स्पष्ट बताए ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १ र २ को सामुदायिक वन क्षेत्रको १५७ हेक्टर वन अधिग्रहण गरी करिब २६ प्रजातिका ३ हजार रुख कटान गरी प्रस्तावित सगरमाथा विमानस्थल निर्माणको कार्य सुरु गरिएको भएपनि पछिल्लो समय करिब १५ हजार रुख कटान पश्चात विमान स्थल निर्माणको काम पूर्ण रूपले रोकिएको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ६ : ०७ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक