पाकिस्तान-इराबीचको विवाद समाधानमा चीनले मध्यस्थता गर्ने « Khabarhub

पाकिस्तान-इराबीचको विवाद समाधानमा चीनले मध्यस्थता गर्ने


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– पाकिस्तान र इरानको सीमा क्षेत्रमा आतंकवादी लडाकुलाई लक्षित गरी हाले भएका आक्रमणपछि बिहीबार पाकिस्तान र इरानबीच मध्यस्थता गर्न इच्छुक रहेको बेइजिङले बताएको छ । 

पाकिस्तानी क्षेत्रबाट बिहीबार भएको आक्रमणमा कम्तीमा सात जना इरानी सर्वसाधारणको मृत्यु भएको तेहरानले बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, ‘दुवै पक्षले शान्ति र संयमता अपनाउनेछन् र तनाव बढ्नबाट जोगिनेछन् भन्ने चीनको पूर्ण विश्वास छ ।’

उनले भने, ‘यदि दुवै पक्षले चाहेमा स्थितिलाई कम गर्न रचनात्मक भूमिका निर्वाह गर्न पनि हामी तयार छौं । आणविक शक्ति सम्पन्न पाकिस्तान र छिमेकी इरान दुवैले आफ्नो कम जनसङ्ख्या भएको सीमा क्षेत्रमा अतिवादसँग जुधिरहेका छन् ।

बिहीबार पाकिस्तानले इरानमा रहेका लडाकूसमूहमाथि आक्रमण गरेको बताएको थियो । तेहरानले कम्तीमा सात जनाको ज्यान जाने गरी भएको आक्रमणको जवाफमा पाकिस्तानका कार्यवाहक राजदूतलाई बोलाएको जनाएको छ ।

दुवै देश बेइजिङका घनिष्ठ साझेदार र साङ्घाई कोअपरेसन अर्गनाइजेसनका सदस्य हुन् ।

इरान र पाकिस्तान चीनका मित्र राष्ट्र र महत्वपूर्ण प्रभाव भएका देश भएको भन्दै मध्यस्थताका लागि चीनको पहल रहने प्रवक्ता माओले दोहोर्‍याए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  २ : २७ बजे

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा