लोसपा सत्ता गठबन्धनमै छ | Khabarhub Khabarhub

लोसपा सत्ता गठबन्धनमै छ



नेपालमा पहिचानसहितको संघीयता आउनुपर्ने थियो । हामीले अधिकारसम्पन्न प्रदेशको कुरा गरेका थियौँ तर पहिचानको मधेसमा मात्र आयो । आंशिकरूपमा मधेस प्रदेशमा आयो, बाँकी ठाउँमा आएन । अधिकारको कुरामा केन्द्रले दिएको अधिकारमा नै यसले काम गर्ने हो । जुन अधिकार संविधानले दिएको छ, त्यो पनि संघले छाडेन । 

मधेस केन्द्रित दलहरुको अवस्था केही कमजोर भएको अवश्य हो । कुनैबेला मधेसमा नेपाल सद्भावना पार्टी भन्ने थियो । शोषण उत्पीडनले गर्दा समय–समयमा ठूला पार्टीहरू छाडेका विभिन्न नेताहरूबाट पार्टी गठन भयो । ती विभिन्न अवस्थामा फुटे । 

अहिले पनि चारवटा पार्टी छन् । दुई पार्टी हराए । यो अवस्था अरु पार्टीमा पनि छ । टुटफुट सबैमा हुन्छ । तर, हामी आज मधेस र जनजातिका लागि जुन प्रतीक्षा गरेका थियौँ, त्यसै उद्देश्यमा लागेका छौँ । म पार्टीमा लागेको गजेन्द्रनारायण सिंहको आस्था र विश्वासका कारणले नै हो ।

मधेसका विभिन्न पार्टीमा टुटफुट हुँदा आज हामी लोसपासम्म पुगेका छौँ । गजेन्द्रनारायण सिंहले उठाएको जुन मुद्दा हो, त्यसबाट केही आंशिक नै भए पनि प्राप्ति भएको छ ।

नागरिकताको विषय मधेसमा ठूलो समस्या छ । ४० लाख व्यक्ति यो देशमा नागरिकताविहीन थिए, धेरै मधेशमा र पहाडमा पनि छन् । यो समस्या सधैँका लागि समाप्त गर्नुपर्छ भनेर हामी लागेका थियौँ ।

हामीले पहिचान अनुरूपको प्रदेश हुनुपर्छ र प्रदेश स्वायत्त हुनुपर्छ भन्ने कुरा पनि उठाएका थियौँ । मधेसको विकासका कुरा उठाएका थियौँ । त्यो प्राप्ति गर्न अझ धेरै बाँकी छ ।

हामीले पार्टीमा भएका नेता र एजेन्डाको व्यवस्थापन  गर्नुपर्छ । मधेसमा जनजातिको प्रतिनिधित्व गर्ने दुई उमेदवारलाई उठायौँ । किनकि जहाँ शोषण र भेदभाव छ, त्यो हटाउन नै हामीले पार्टी बनायौँ । यो पार्टी बनाउँदा हामीले ठूलो शाहदत पनि दियौँ । त्यसैका आधारमा पार्टी चलेको छ । हामीले मधेसको रगतबाट जन्मेको सन्तानसँग यो प्रदेश र सङ्घीय व्यवस्था हामीले रगत दिएर साटेको हो । 

हाम्रो देशको सम्पूर्ण खेतीयोग्य जग्गा तराई मधेसमा छ । तर, हामीले त्यसको उपयोग सही ढङ्गबाट गर्न सकेका छैनौँ । हाम्रो देशमा सिँचाइ, मलको सधैँ अभाव हुन्छ । यसका लागि पनि हामी प्रयासरत छौँ । केही त हामीले प्राप्ति गरेका पनि छौँ । 

सबै कुराको योजना हुन्छ । देशभरिको योजना कसले बनाउने ? हामीकहाँ के भयो भने स्थानीय निकायले देशभरि अधिकार पायो । प्रदेशले जति अधिकार प्राप्त गर्नुपर्ने थियो, त्यति त गरेन, तर बजेट उसले पनि पाइराखेको छ । 

संघले पनि केही काम गरेको छ । हामीले समन्वय र सहकार्यद्वारा संघ र प्रदेश चलाउँछौँ भन्यौँ, तर त्यो गर्न सकेका छैनौँ । संघले अहिले पनि आफ्नो खल्तीमा अधिकार राखेर बसेको छ ।

सत्ता गठबन्धनमै छौं
भर्खरै लोकतान्त्रिक समाजवादी पार्टीका पदाधिकारी र केन्द्रीय समितिका दुईवटा बैठक बसे । यी बैठकमा सत्ता गठबन्धनबाट अलग हुने कुरा भएको छैन । दुवै समितिले त्यस्तो छलफल गरेको छैन ।

अहिले सरकारसँग प्रदेशहरूको सन्दर्भमा र मुद्दा फिर्ताका सन्दर्भमा छलफल भएको छ । जिल्ला अदालतमा एउटा मुद्दा थियो, जुन बर्षाैंदेखि चलिरहेको छ, त्यसलाई फिर्ताका लागि सरकारसँग हामीले माग गरेका छौं ।

केपी ओलीको सरकार हुँदा उहाँ पनि मुद्दा फिर्ताका लागि तयार हुनुभएको थियो । वर्तमान सरकारसँग पनि हामीले प्रयास गर्याैं तर त्यो मुद्दामा टेक्निकल कारण देखाएर फिर्ता भएन । त्यसमा अहिले फैसला भएको छ । कतिपयले सफाइ पाएर कसैलाई कदै भएको छ ।

जिल्ला अदालतबाट भएको फैसला भएका कारणले त्यसको उच्च अदालतमा पुनरावेदन लाग्छ । त्यसकारण कानूनी बाटो छोडेर हामीले अलग बाटो अपनाउने अवस्था छैन  । त्यसैले हाम्रो सरकारसँग भएको मागमा टेक्निकल कुरा हो भने त्यसलाई पूरा गर्न हामी प्रयासरत छौँ । हामी कानून र डेमोक्रोसीमा विश्वास गर्छौँ । कानूनको बाटो मानेर अगाडि बढेका छौँ । 

गत चुनावका बेला हामीले अन्तिम समयमा कोशिस गर्दागर्दै, वार्ता हुँदाहुँदै मुद्दा फिर्ता गर्ने कुरामा कांग्रेसको गठबन्धनमा अन्तिममा हामी प्रवेश  गर्‍यौं। करिब नोमिनेशनको तीन-चार दिन अगाडि मात्र प्रवेश  गर्‍यौं । त्यो गर्दा थोरै सिट पायौँ । संघमा ८ र प्रदेशमा १६ सिट पायौँ । जति पाएका थियौं, त्यसको अधिकतम सिटमा जितेका छौँ ।

सबै सिट जित्ने अवस्था कसैको पनि हुँदैन । गठबन्धनको यस्तो अवस्था हुनु हाम्रो निर्वाचन प्रणाली नै हो । हामीले निर्वाचन प्रणालीमा प्रत्यक्ष र समानुपातिक दुवैलाई अटाइराखेका छौँ । यो दुवै प्रणालीमा कसैको बहुमत आउला भन्ने छैन । गठबन्धनको संस्कार  संस्कृतिलाई अगाडि बढाउनुपर्छ । स्थायी सरकार राख्ने हो भने योबाहेक अर्को विकल्प छैन । 

(लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णसँग कृष्ण तिमल्सिनाले रेडियो क्यान्डिडका लागि गरेको कुराकानीको सारांश)

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ३ : ३७ बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै