रास्वपाको बैठकमा सहकारीबारे गर्मागर्मी बहस | Khabarhub Khabarhub

रास्वपाको बैठकमा सहकारीबारे गर्मागर्मी बहस


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकमा सहकारीका विषयमा गर्मागर्मी बहस भएको छ । बैठकमा देशभरका सहकारीको विषयमा पार्टीका उपसभापति तथा संसद् स्वर्णिम वाग्लेले ब्रिफिङ गरेका थिए । 

वाग्लेको ब्रिफिङपछि सहकारीको विषयमा पार्टीका सबै संसद्ले प्रतिनिधिसभाबाट आवाज उठाउनेसमेत निर्णय भएको नेताहरूले बताएका छन् । 

बुधबार बसेको बैठकमा ४० जना केन्द्रीय सदस्यको उपस्थिति  थियो । अर्थ विभागका संयोजक समेत रहेका वाग्लेले सहकारीसम्बन्धी प्रतिवेदनको खाका बुझाउँदै देशभरिका सहकारीका विषयमा ब्रिफिङ गर्दै संसद्‌मा कसले के विषयमा बोल्ने भन्ने बारेमा बताएका थिए । भलै, अहिले संसद् बैठक भने चलेको अवस्था छैन । 

करिब आधा घण्टा गरिएको ब्रिफिङ सुनेपछि सभापति लामिछानेले वाग्लेको प्रतिवेदन सान्दर्भिक र उपयोगी भएको भन्दै धन्यवाद दिएका थिए । सभापतिले प्रतिवेदनको अध्ययन गर्ने बताएको रास्वपा सचिवालयले जनाएको छ । 

पछिल्लो समय रास्वपा उपसभापति वाग्लेले सहकारीको अवस्थाका बारेमा प्रतिवेदन तयार पारिरहेका छन् । उनले देशभरिको सहकारीको नाफा घाटा, कति जनता सहकारीका सदस्य छन्, कति जनता ठगिएका छन् लगायतका विषयमा लामो प्रतिवेदन तयार पारिरहेको रास्वपाको भनाइ छ ।

बैठकमा उपस्थित केन्द्रीय सदस्यले वाग्लेले राखेको सहकारीको प्रतिवेदनमाथि केही प्रश्न तथा छलफल गरेको रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए । 

सहकारी प्रतिवेदन माघ १५ गते तयार हुने 

वाग्लेले देशभरका सहकारी र लघुवित्तको विषयमा अध्ययन गरिरहेकाले त्यसको सम्पूर्ण प्रतिवेदको अन्तिम रूप दिने तयारी भइरहेको उपसभापति डोलप्रसाद अर्यालले बताए । 

उनका अनुसार हिजोको बैठकमा प्रारम्भिक ब्रिफिङ मात्र भएको छ, वाग्लेले माघ १५ मा पार्टीलाई प्रतिवेदन बुझाउनेछन् । 

प्रतिवेदन पार्टीमा आएपछि समाधान पत्र र सुझावसहित पार्टीले सरकारलाई बुझाउने उपसभापति अर्यालले बताए । 

उनले भने, ‘यसको समाधान पत्र र सुझाव हामी सरकारलाई बुझाउँछौ ।’

रास्वपाले सहकारीका विषयमा अध्ययन गर्न बनाएको कार्यदलमा वाग्ले सहित ५ जना सदस्य छन् । सदस्यहरूमा सुरेशकुमार कर्ण, सुशील खड्का, भोजन अर्याल, सिर्जना केसी छन् ।  

सांसदलाई प्रशिक्षणको तयारी

प्रवक्ता मुकुल ढकालका अनुसार २० जना सांसदलाई नै उपसभापति वाग्लेले प्रशिक्षण दिन लागेका हुन् । ढकालले भने, ‘अर्थ विभागको संयोजक तथा उपसभापति नै सहकारीको विज्ञ भएको नाताले रास्वपालाई सहकारीको विषयमा देशभरको समस्या बुझ्न सहज भएको छ । उहाँले प्रतिनिधि सभाका २० जना सांसदलाई के विषयमा कसरी अध्याय गरेर आवाज उठाउने भन्ने कुरा बुझाउनु हुन्छ ।’ 

यसअघि मंसिर ११,१२ र १३ गते  महोत्तरीको जलेश्वरमा भएको बैठकमा पनि सहकारी विषयमा सदनमा आवाज उठाउने रास्वपाले निर्णय गरेको थियो ।

सहकारी विवादमा मुछिएका सभापति रविको जवाफ 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको विवादमा मुछिएका छन् । उनी र उनका पार्टनर जीबी राईले ग्यालेक्सी फोरके टेलिभिजन चलाउन भनी विभिन्न सहकारीबाट ११ करोड ७१ लाख लगानी गरेको कुरा बाहिर आएको छ । 

यसबारे बुधबारको बैठकमा रविले जवाफ  दिएका थिए । उनले आफूलाई सहकारीबाट रकम ल्याएर टिभी चलाएको विषय जीवी राईले थाहा नदिएको बताएका थिए । 

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ३ : ४७ बजे

गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द

जलेश्वर– विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय

लेबनानको हिजबुल्लाहमा भएको इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु

एजेन्सी– लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भएको इजरायली आक्रमणमा लेबनानमा

एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा विषेश छुट

काठमाडौं– एनएमबी बैंक लिमिटेड र बुद्ध एयरले एनएमबी बुद्ध भिसा

दुई महिनामा ६ अर्बभन्दा बढीका स्मार्टफोन भित्रिए 

काठमाडौं– चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो दुई महिनामा ६

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका टोली अनुगमनमा सक्रिय

काठमाडौं– खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन