बारामा ५ हजार ४६० बोरा पोटास बरामद « Khabarhub

बारामा ५ हजार ४६० बोरा पोटास बरामद


४ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारामा प्रहरीले दुई दिनमा ८७ लाख रुपैयाँ बराबरको पोटास मलखाद बरामद गरेको छ। कर सम्बन्धी विवरण शंकास्पद देखिएपछि प्रहरीले पोटास मलखाद बोकेका ट्रक नियन्त्रणमा लिएको हो।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार प्रहरीले बुधबार र बिहीबार पथलैया चोकमा १३ वटा ट्रक नियन्त्रणमा लिइएको बताए।

इलाका प्रहरी कार्यालय बारा र प्रहरी चौकी पथलैयाको टोलीले ट्रकहरू नियन्त्रणमा लिएको हो। प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैयामा ती ट्रक रोकेको थियो। ती ट्रकमा ५ हजार ४६० बोरा पोटास थियो।
ती ट्रकमा एमएस किसान ट्रेडर्स नामक भारतीय कम्पनीको थियो।

ती ट्रक वीरगन्ज भन्सारबाट छुटेर राजविराज, विराटनगर र बिर्तामोडतिर गइरहेका थिए। नियन्त्रणमा लिइएको खाद र ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भइरहेको न्यौपानेले बताए।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ४ : १९ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद