जापानद्वारा अमेरिकाबाट ४०० क्षेप्यास्त्र खरिद सम्झौतामा हस्ताक्षर  « Khabarhub

जापानद्वारा अमेरिकाबाट ४०० क्षेप्यास्त्र खरिद सम्झौतामा हस्ताक्षर 


४ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानले क्षेत्रीय सुरक्षा खतराको सामना गर्न आफ्नो सैन्य क्षमता बढाउनका लागि बिहीबार आफ्नो सहयोगी अमेरिकासँग चार सय वटा लामो दूरीको टोमाहक क्षेप्यास्त्र खरिदसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ । 

बढ्दो चिनियाँ शक्ति र आणविक हतियारयुक्त उत्तर कोरियाको सामना गर्दै जापानी सरकारले सन् २०२७ सम्म आफ्नो रक्षा खर्चलाई दोब्बर बनाएर नाटोको मापदण्डअनुसार कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतसम्म बनाउने योजना बनाइरहेको छ । 

एक हजार छ सय किलोमिटरसम्म मार हान्न सक्ने दुई प्रकारका टोमाहकहरू दुई अर्ब ३५ करोड अमेरिकी डलरसम्मको बिक्रीलाई नोभेम्बरमा वासिङ्टनले अनुमोदन गरेको थियो । 

जापानले अप्रिलदेखि लागू हुने अर्को आर्थिक वर्षका लागि ५६ अर्ब डलरको कीर्तिमानी रक्षा बजेट स्वीकृत गरेको छ । जापानसँग युद्धपछिको शान्तिवादी संविधान छ । उक्त संविधानले आफ्नो सेनालाई स्पष्टरूपमा रक्षात्मक  उपायहरूमा सीमित गर्दछ । 

यद्यपि गत वर्ष प्रमुख सुरक्षा तथा रक्षा नीतिहरूलाई अद्यावधिक गर्दा टोक्योले चीनले प्रस्तुत गरेको चुनौतीहरूलाई स्पष्टरूपमा रेखांकित गर्यो । अघिल्लो दिनको एक पत्रकार सम्मेलनमा अमेरिकी राजदूत रहम इमानुएलले जापानको नयाँ रक्षा प्रयासको प्रशंसा गरे । 

अमेरिकालाई इजाजतपत्रअन्तर्गत जापानमा बनेको प्याट्रियट क्षेप्यास्त्रहरू बिक्री गर्न सक्षम बनाउन गत महिना टोक्योले हतियार निर्यात नियन्त्रणलाई खुकुलो बनाएको थियो । युक्रेनलाई हतियार पठाएपछि अमेरिकाले आफ्नो स्टक भर्न खोजिरहेको छ । 

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ५ : २७ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद