आजका समाचार : प्रधानमन्त्रीको युगाण्डा भ्रमणदेखी आर्थिक कार्यविधि अध्यादेश जारीसम्म | Khabarhub Khabarhub

आजका समाचार : प्रधानमन्त्रीको युगाण्डा भ्रमणदेखी आर्थिक कार्यविधि अध्यादेश जारीसम्म


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा प्रधानमन्त्री प्रचण्ड युगाण्डा भ्रमणमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी टेरामक्सएमडीएमएससम्बन्धी कागजात बुझाउन संसदीय समितिको निर्देशन तेस्रो जित निकालेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा क्षेप्यास्त्र खरिद सम्झौतामा हस्ताक्षरमा जापानको हस्ताक्षर लगायतका समाचार रहने छन् ।

अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

राष्ट्रियसभा चुनावमा आचारसंहिता, के गर्न पाइँदैन ?

मन्त्रिपरिषद् पुनर्गठन राष्ट्रियसभा निर्वाचनपछि

प्रधानमन्त्री प्रचण्ड युगाण्डा भ्रमणमा
असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डातर्फ प्रस्थान गरेका छन् । उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् । प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा देशको सुरक्षास्थिति बारे छलफल

युगाण्डा हिँडेका प्रधानमन्त्री प्रचण्ड कतारमा

संसदीय समितिको निर्देशन
संसदको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले टेरामक्स र एमडिएमएससम्बन्धी सम्पूर्ण कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात सातदिनभित्र बुझाउन समितिले सरकारलाई निर्देशन दिएको हो ।


समितिको आज बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई एमडीएमएस र टेरामक्ससम्बन्धी सम्पूर्ण कागजात बुझाउन निर्देशन दिएको हो ।

थप…

टेरामक्स र एमडीएमएससम्बन्धी कागजात बुझाउन संसदीय समितिको निर्देशन

सार्वजनिक खरिद ऐन संशोधनको तयारी हुँदैछ : मन्त्री ज्वाला

आर्थिक समृद्धिको प्रमुख साधन जलविद्युत् :उपप्रधानमन्त्री श्रेष्ठ

दुर्गा प्रसाईँमाथि हातपात

मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि बाग्लुङमा हातपात भएको छ ।

बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका मेडिकल व्यवसायी प्रसाईँ कार्यक्रमस्थलमा हातपात भएको हो ।


प्रसाईँमाथि हातपात गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए ।

उनीमाथि किन हातपात गरिएको हो, त्यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

बारामा ५ हजार ४६० बोरा पोटास बरामद

नागढुंगा–मुग्लिन सडक विस्तारको काम न्यून

लुक्लामा हवाई सेवा लिने पर्यटक बढे

खेलकुद

कोशीमाथि आर्मीको सहज जित
त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो ।

जितका लागि ८९ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले ९ दशमलव ५ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो। आर्मीका लागि सन्तोष कार्कीले ३२ रनको योगदान दिए । उनले २७ बलमा ६ चौका र १ छक्कासहित ३२ रन बनाएका हुन् ।

ओपनर इमरान शेख २५ बलमा ५ चौका र १ छक्कासहित ३२ रन बनाए । कुशल मल्ल ७ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा नट आउट रहे । कोशीका सुजन थपलियाले एक विकेट लिए ।

मधेश प्रदेशसँग एपीएफ स्तब्ध

तेस्रो जित निकालेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा

अन्र्तराष्टिय…

क्षेप्यास्त्र खरिद सम्झौतामा हस्ताक्षर
जापानले क्षेत्रीय सुरक्षा खतराको सामना गर्न आफ्नो सैन्य क्षमता बढाउनका लागि बिहीबार आफ्नो सहयोगी अमेरिकासँग चार सय वटा लामो दूरीको टोमाहक क्षेप्यास्त्र खरिदसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ ।

बढ्दो चिनियाँ शक्ति र आणविक हतियारयुक्त उत्तर कोरियाको सामना गर्दै जापानी सरकारले सन् २०२७ सम्म आफ्नो रक्षा खर्चलाई दोब्बर बनाएर नाटोको मापदण्डअनुसार कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतसम्म बनाउने योजना बनाइरहेको छ ।


एक हजार छ सय किलोमिटरसम्म मार हान्न सक्ने दुई प्रकारका टोमाहकहरू दुई अर्ब ३५ करोड अमेरिकी डलरसम्मको बिक्रीलाई नोभेम्बरमा वासिङ्टनले अनुमोदन गरेको थियो ।

जापानले अप्रिलदेखि लागू हुने अर्को आर्थिक वर्षका लागि ५६ अर्ब डलरको कीर्तिमानी रक्षा बजेट स्वीकृत गरेको छ । जापानसँग युद्धपछिको शान्तिवादी संविधान छ । उक्त संविधानले आफ्नो सेनालाई स्पष्टरूपमा रक्षात्मक उपायहरूमा सीमित गर्दछ ।

थप…

आकास एयरद्वारा बोइङका १५० विमान माग

पाकिस्तान-इराबीचको विवाद समाधानमा चीनले मध्यस्थता गर्ने

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ८ : ०१ बजे

तेस्रो युएसएड यात्रा कोहलपुरमा

बाँके – नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी

राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार : शङ्कर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले

अभिनयमा फर्किंदै तीन अभिनेत्री

काठमाडौं – केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः

बागलुङमा पहिलो पटक भेटियो कालाजार

बागलुङ – बागलुङमा पहिरोपटक कालाजारको संक्रमण पुष्टी भएको छ ।

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

गाजा – इजरायली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा सन् २०२३