सार्वजनिक खरिद ऐन संशोधनको तयारी हुँदैछ : मन्त्री ज्वाला « Khabarhub

सार्वजनिक खरिद ऐन संशोधनको तयारी हुँदैछ : मन्त्री ज्वाला


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन संशोधनको तयारी भइरहेको बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा मन्त्री ज्वालाले पुरानो ऐनका कारण समस्या देखिएको भन्दै संशोधनको ड्राफ्ट तयार भइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगिसकेको जानकारी दिए ।

उनले विकाससँग जोडिएको ऐन कानूनलाई समयसापेक्ष बनाउनुपर्ने भएकाले मन्त्रालय अन्तर्गतको ऐन कानून परिमार्जनका विषयमा पनि छलफल भइरहेको बताए । त्यस्तै मन्त्री ज्वालाले दक्ष कामदारको अभाव, आयोजना प्रमुख छिटो छिटो परिवर्तन लगायतका कारणले राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउन समस्या भइरहेको जिकिर गरे । 

मन्त्रिपरिषद्बाट निर्णय भएका थप तीन वटा भरतपुर, विराटनगर र मूलपानी अन्तराष्ट्रिय रंगशाला समेत गरि अहिले राष्ट्रिय गौरवको आयोजना २४ वाट २७ पुगेको जानकारी दिँदै मन्त्री ज्वालाले केही राष्ट्रिय गौरवको आयोजनाहरूलाई घटाउने विषयमा समेत छलफल भइरहेको बताए । 

बैठकमा समिति सदस्यहरूले मुलुकको सडकको अवस्था र सडक दुर्घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए । मन्त्री ज्वालाले सडक दुर्घटनालाई न्यूनिकरण गर्न सरकार गम्भीर रहेको बताए । अनुगमन प्रणालीलाई व्यवस्थित गर्न सके सडक दुर्घटना न्यूनिकरण हुने उनले बताए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ३ : १३ बजे

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६