सेतो मच्छेन्द्रनाथको महास्नान (तस्बिरहरू) « Khabarhub

सेतो मच्छेन्द्रनाथको महास्नान (तस्बिरहरू)



काठमाडौं – सेतो मच्छिन्द्रनाथ आर्यावतिलोकेश्वरको महास्नान गरिएको छ । बिहीबार काठमाडौंको केलटोलस्थित जनबहाः भनिने कनकचैत्य महाविहारमा विधिवत् रूपमा पूजा अर्चना गरी महास्नान गरिएको हो।

पोंहेलाथ्व अष्टमी अर्थात् पुस शुक्ल अष्टमी तिथिको दिन सेतो मछिन्द्रनाथको महास्नान गर्ने गरिन्छ । त्यसभन्दा अघिल्लो दिन सप्तमीका दिन सम्बन्धित गुथियार तथा गुर्जुहरू बाजागाजाका साथ कलशमा जल लिन जाने परम्परा रहेको छ । स्नान पछि कुमारीलाई सेतो मच्छिन्द्रनाथको दर्शन गराइएको थियो।

सेतो मच्छेन्द्रनाथलाई महास्नान गरिएको भोलिपल्ट घाम ताप्ने व्यवस्था गरिने विधि पनि रहेको छ । आज महास्नान गरेपछि पौष शुक्ल पूर्णिमासम्म दश कर्म गर्ने विधि छ । पौष शुक्ल पूर्णिमाका दिन सेतो मच्छेन्द्रनाथलाई नयाँ पहिरन लगाइदिने गरिन्छ ।

सेतो मछिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिन्छ। हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि सेतो मछिन्द्रनाथको रथलाई नगर परिक्रमा गराउने चलन छ।

 

 

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ९ : ४८ बजे

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा

भूमि र वन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र