एसियन कपमा भारतको लगातार दोस्रो हार « Khabarhub

एसियन कपमा भारतको लगातार दोस्रो हार


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसियन कपमा भारत आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ । बिहीबार भएको खेलमा उज्वेकिस्तानसँग भारत ३–० गोलले पराजित भएको हो । यसअघि आफ्नो पहिलो खेलमा भारत अस्ट्रेलियासँग २–० ले पराजित भएको थियो ।

उज्वेकिस्तानका लागि अब्बोशेख फयजुलाएभ, इगोर सर्गेव, शेरजोड नस्रुलोएभले गोल गरे । ओटाबेक शुकुरोभको हेडर पासमा खेलको चौथो मिनेटमा नै फयजुलाएभले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि खेलको १८औं मिनेटमा सर्गेवले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा नस्रुलोएभले तेस्रो गोल गर्दै खेललाई ३–० अवस्थामा पुर्याएका थिए ।

पहिलो हाफमा निरीह बनेको भारतले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेपनि गोल भने गर्न सकेन । भारतले पोस्टमा गरेको दुई उत्कृष्ट प्रहारलाई उज्वेकिस्तानका गोलरक्षकले राम्रो बचाउ गरे ।

जितसँगै समूह बीमा उज्वेकिस्तानको चार अंक छ । भारत भने अंकविहिन छ । यो समुहबाट अष्ट्रेलिया २ खेलमा ६ अंक बनाउँदै अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ११ : १३ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन