नेपाल ‘ए’ क्रिकेट टिमको पहिलो खेल क्यानडाविरुद्ध आज मुलपानी मैदानमा « Khabarhub

नेपाल ‘ए’ क्रिकेट टिमको पहिलो खेल क्यानडाविरुद्ध आज मुलपानी मैदानमा


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पहिलो पटक घोषणा भएको नेपाल ‘ए’ क्रिकेट टिमले आज पहिलो खेल खेल्दैछ । नेपाल ‘ए’ टिमले आइतबारदेखि क्यानडाविरुद्ध तीन खेलको सिरिज खेल्न लागेको हो । यी सबै खेल मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछन्। नेपाल ए टिमको कप्तान विनोद भण्डारी हुन् । मुख्य प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । थप दुई खेल फागुन ८ र १० गते हुने क्यानले जनाएको छ।

क्यानले नेपाल ए टिममा अधिकांश युवा खेलाडीलाई स्थान दिएको छ। ज्ञानेन्द्र मल्ल र कमल अलीलाई प्रशिक्षकको जिम्मेवारी तोकिएको छ। यो टिममा प्रधानमन्त्री कप क्रिकेट र यू–१९ विश्वकप क्रिकेट खेलेर खाएका अधिकांश खेलाडीलाई समेटिएको छ। राष्ट्रिय टिम व्यस्त हुँदै गएपछि त्यसको ब्याकअपका रुपमा क्यानले नेपाल ‘ए’ घोषणा गरेको हो।

नेपाल ‘ए’ टिम
विनोद भण्डारी (कप्तान), प्रतिश जी.सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मयन यादव, सुजन थपलिया।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ५ : ४७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल