राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र कति सुदृढ ? « Khabarhub

राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र कति सुदृढ ?


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका राजनीतिक दलभित्रको लोकतन्त्रको अवस्थाबारे बहस हुने गर्छ । देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भएपनि दलहरुभित्र भने अझै निरंकुश कार्यशैली रहेको भनी आलोचना पनि हुने गर्दछ । यसै सन्दर्भमा पोखरामा जारी साहित्य सम्मेलनमा कति लोकतान्त्रिक दलहरु ? शीर्षकमा छलफल भएको छ । छलफल कार्यक्रममा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मा, नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी र नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटा र विज्ञ सुचेता प्याकुरेल वक्ताको रुपमा उपस्थित थिए ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता विश्वकर्माले आफ्नो पार्टीले समयमा नै महाधिवेशन सम्पन्न गर्ने गरेको बताउँदै पार्टीको इतिहासमा १४ पटक महाधिवेशन गरिसकेको उल्लेख गरे । उनले भने– इतिहासदेखि नै नेपाली काँग्रेसभित्र पूर्ण रुपमा आन्तरिक लोकतन्त्रको अभ्यास भइरहेको छ । त्यसैगरी, आन्तरिक निर्वाचन प्रणाली पनि सुदृढ भएको छ ।

एमाले नेता गिरीले एमालेले आफ्नो पार्टी संरचनामा पूर्ण रुपमा लोकतान्त्रिक अभ्यास अपनाएको उल्लेख गदै त्यही प्रणालीमार्फत नै आफूजस्ता युवा नेता पार्टीको केन्द्रीय समितीमा निर्वाचित भएको र संसदको सर्वाेच्च पदमा पनि रहेको बताए । उनले भने– अवश्यले नै हामीले पार्टी बाहिर र भित्र लोकतान्त्रिक संस्कारलाई अझ बृद्धि गर्नुपर्ने आवश्यकता रहेको छ । गिरीले एमाले समावेशी तथा आन्तरिक लोकतन्त्रप्रति प्रतिवद्ध रहेको र लोकतन्त्र आफूहरुको पनि साध्य रहेको बताए ।

नेकपा माओवादीका नेता माधव वास्कोटाले भर्खरै सकिएको पार्टीको पहिलो विधान अधिवेशनले आन्तरिक लोकतन्त्र एवं जनवादलाई अझ सुदृढ बनाएको र त्यहाँ स्पष्ट रुपमा सबै सहभागितले आफ्नो धारणा राखेको बताए । उनले भने– संसारभरका कम्युनिष्टले जनवादको नारा लगाउँदै आएपनि नेपालमा भने यस विषयमा अझै बहसको आवश्यकता छ । लोकतन्त्रसँग प्रत्यक्ष सम्बन्धित जनवादका कुरा गर्दा अराजकतातिर जाने र केन्द्रियकतको कुरा गर्दा निरंकुशता तर्फ जान्छ ।

कार्यक्रममा बोल्दै सुचेता प्याकुरेलले विश्वका धेरै मुलुकमा लोकन्त्र र राजनीतिक दललाई सँगै लैजाने काम चुनौतीपूर्ण रहेको बताइन् । उनले लोकतान्त्रिक अभ्यासका हिसाबले सबै पार्टीहरुले आफूहरु सहि ठाउँमा रहेको बताए पनि लिंग र जातका हिसाबले नेपाली राजनीतिक पार्टी समावेशी नरहेको बताइन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ३ : १४ बजे

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३

बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी

काठमाडौँ – भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले