चलचित्र विकास बोर्ड स्वायत्त हुनुपर्छ : भुवन केसी | Khabarhub Khabarhub

चलचित्र विकास बोर्ड स्वायत्त हुनुपर्छ : भुवन केसी


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- कलाकार तथा चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले बोर्ड स्वायत्त नभएसम्म काम गर्न नसक्ने बताएका छन् । चलचित्र पत्रकार संघले आइतबार हेटौंडामा आयोजना गरेको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

साथै उनले चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउन कार्यविधि अगाडि बढाइएको पनि बताए ।

‘हाम्रोमा चलचित्र ऐन र यसभित्र समस्या छन्, बोर्ड आफैँमा स्वायत्त छैन’, उनले भने, ‘स्वायत्त नभएसम्म चलचित्र विकास बोर्डले धेरै काम गर्न सक्दैन । स्वायत्ततालाई प्राथमिकतामा राखेर नयाँ पाठ बनाएका छौं । भोलि या पर्सि यसलाई लिएर हामी मन्त्रालयमा जान्छौं ।’

उनले यो कार्यविधि पारित भए चलचित्र क्षेत्रसम्बन्धी धेरै उपलब्धिमूलक काम हुने दाबी समेत गरे । साथै उनले आफू चलचित्र विकास बोर्डमा गएपछि धेरै काम हुनुपर्ने भए पनि हुन काम हुन नसकेको स्वीकार गरे । यसको कारण ऐन भएको उनको तर्क थियो ।

कार्यशालामा सहभागी चलचित्र पत्रकार र कलाकारहरुको सहभागितालाई सकारात्मक रुपमा लिएको पनि उनले बताए । यसले नेपाली चलचित्रको प्रवर्धन, अन्तर्राष्ट्रिय रुपमा विश्वव्यापीकरण गर्न कसरी अगाडि लैजाउने भन्ने बारे बृहत्त छलफल हुने आशा समेत राखे ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ४ : ३४ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं