गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुको निर्णय « Khabarhub

गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुको निर्णय


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा बसेको तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आइतबार पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले सरकारले विभिन्न प्रकरणमा संलग्नहरुलाई जोगाउने, माफियाहरुलाई पोस्ने काम गरेको भन्दै सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले शिक्षासम्बन्धी हकको पूर्ण कार्यान्वयनका लागि हाल संसदमा छलफलमा रहेको विधालय शिक्षासम्बन्धी विधेयकलाई सुझावसहित पारित गर्न माग गरेको छ । संगठले विधानबमोजिम केन्द्रीय कमिटीमा दश प्रतिशत मनोनित गर्दा ३० वर्षसम्मको उमेर समूहको मापदण्डलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ भने बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारवाही गर्न पनि माग गरिएको छ ।

पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष समिक बडालले सरकार निकट विद्यार्थी संगठनहरुले कानून हातमा लिएर अराजकता मच्चाउँदा पनि सरकार मुकदर्शक बनेको आरोप लगाए । शिक्षा क्षेत्रमा प्रभावकारी भूमिका खेल्न सरकारको ध्यानाकर्षण गराउने र यसका लागि सडकमा जाने निर्णय भएको उनले बताए ।

त्यसैगरी, अनेरास्ववियुले अखिल पाठशाला कार्यक्रम सञ्चालन गर्ने, स्ववियु कप राष्ट्रिय भलिवल प्रतियोगीता आयोजना गर्ने, कर्णाली प्रदेश लगाएतका दुर्गम क्षेत्रमा हवाई भाडामा ३३ प्रतिशत विद्यार्थी छुटका लागि सरकारलाई दबाब दिनेलगायतका निर्णय गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : १३ बजे

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत