स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. जोशी नियुक्त « Khabarhub

स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. जोशी नियुक्त


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले डा जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गर्न निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत डा जोशी वरिष्ठ हाडजोर्नी विशेषज्ञ हुन् ।

परिषदका सदस्यको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो । रिक्त रहेको पदमा सरकारले डा जोशीलाई नियुक्त गरेको हो ।

नेपाल चिकित्सक संघका कोषाध्यक्षसमेत रेहेका डा जोशीले राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी समेत निभाइसकेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : ४७ बजे

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत