चिनियाँ बायोटेक कम्पनीमाथि प्रतिबन्ध लगाउन ह्वाइट हाउससमक्ष अमेरिकी जनप्रतिनिधिको माग « Khabarhub

चिनियाँ बायोटेक कम्पनीमाथि प्रतिबन्ध लगाउन ह्वाइट हाउससमक्ष अमेरिकी जनप्रतिनिधिको माग


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- अमेरिकी जनप्रतिनिधिहरुले चिनियाँ बायोटेक कम्पनी वुसीमाथि प्रतिबन्ध लगाउन ह्वाइट हाउससमक्ष माग गरेका छन् ।

अमेरिकी कंग्रेसमा प्रतिनिधित्व गर्ने रिपब्लिकन र डेमोक्र्याटिक दुबै पार्टीका प्रतिनिधिहरुले चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउन बाइडेन प्रशासनसमक्ष माग गरेका हुन् ।

उनीहरुले अमेरिकी अर्थमन्त्री जेनेट येलेन, रक्षामन्त्री लोयड अस्टिन र जिना राइमोन्डोलाई पत्र लेख्दै उक्त कम्पनीको सम्बन्ध चिनियाँ कम्युनिष्ट पार्टीसँग रहेको भन्दै यस्तो माग गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यसबाट अमेरिकी राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुने उनीहरुको भनाइ छ ।

उक्त पत्रमा माइक गलाहेर, राजा कृष्णमूर्ति, ग्यारी पिटर्स, बिल हागेर्टीजस्ता अमेरिकी प्रतिनिधिले हस्ताक्षर गरेका छन् । हालैमात्र अमेरिकी कंग्रेसले चिनियाँ कम्पनीहरु बीजीआई समूह, वुसी एपटेक र अन्य बायोटेक कम्पनमाथि कडाइ गर्ने विधेयक अघि सारेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १२ : ४९ बजे

खुला सीमाको फाइदा उठाउँदै डिम्ब तस्करी गराउने गिरोह सक्रिय, किशोरी जोखिममा

काठमाडौं- नेपालको सीमावर्ती क्षेत्रबाट आर्थिक प्रलोभन देखाएर नेपाली किशोरी तथा

नेपाल बाल संगठनमा मन्त्री सीता बादीको छड्के अनुगमन

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ ।

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी : एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौं– वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू