बराबरीमा रोकियो रियल म्याड्रिड « Khabarhub

बराबरीमा रोकियो रियल म्याड्रिड


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस लालिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा शीर्ष स्थानको म्याड्रिड रियल रियल रायो भालेकानोसँग १–१ को बराबरीमा रोकिएको हो ।

खेलको तेस्रो मिनेटमा नै रियले अग्रता बनाएको थियो । त्यसलाई उसले जोगाउन सकेन । उसका लागि फेडेरीको भालभर्डेको पासमा जोसेलुले गोल गरेका थिए ।

त्यस्तै २७औं मिनेटमा रायोका लागि पेनाल्टीमार्फत राउल डे टोमासले गोल गरे । रियलका एडुवार्डो कामाभिंगाले बक्स भित्र ह्यान्डबल गरेपछि रायोले पेनाल्टी पाएको थियो ।

त्यसपछि दुवै टोलीले राम्रो अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् । आजको नतिजासँगै रियल २५ खेलमा ६२ अंक सहित तालिकाको शीर्ष स्थानमा यथावत छ । एक खेल कम खेलेको जिरोना ५६ अंक सहित दोस्रो स्थानमा छ । जिरोनाले भोलि राती हुने खेलमा एथ्लेटिक क्लब विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

रियल रायो भालेकानो भने २५ खेलमा २५ अंक सहित १४औं स्थानमा छ ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १० : ५८ बजे

रवि भन्छन् : दुईतिहाइको सरकारले मविरुद्ध विष हाल्यो, अब सिंहदरबार बदल्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा

पुराना दललाई रविको चेतावनी : फागुन २१ मा आउने सुनामीको सामना गर्न तयार हुनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन

एयर चाइनाले २०२६ मा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने

एजेन्सी– चीनको प्रमुख राष्ट्रिय वायुसेवा कम्पनी एयर चाइनाले सन् २०२६

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी– पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको छैन

सामाजिक सञ्जाल विधेयक संसद्‍बाट फिर्ता लिने सरकारको निर्णय

काठमाडौं– सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय