आज २०८० साल चैत ५ गते सोमबारको राशिफल « Khabarhub

आज २०८० साल चैत ५ गते सोमबारको राशिफल


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत ५ गते सोमबार तदनुसार सन् २०२४ मार्च १८ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। आज तपाईंले बनाएका योजना दीर्घकालीन हुनसक्छन्। शिक्षामा सफलता मिल्नेछ। सामाजिक सेवा गर्ने अवसर बन्नसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी बढ्नेछ।

वृष : समय राम्रो छ। धनलक्ष्मी योग परेको छ। अल्छीपनलाई त्याग गर्नु नै फाइदा हुनेछ। नाम र दाम कमाउने समय छ। तपाईंको राम्रो सोच्ने अभिभावक र साथीसँग भेट हुनेछ। परिवारको साथ मिल्ने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट मन खुशी हुनेछ।

मिथुन : दैनिकी राम्रो छ। राम्रो सन्देश सुन्नाले मन प्रशन्न हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। जागिरमा बढुवा हुनेछ। परिवारबाट साथ र सहयोग रहनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ।

कर्कट : दिन सामान्य छ। परिवारिक टकराबले मन अशान्त हुनेछ। सामाजिक क्षेत्रमा विवादको सामना गर्नुपर्नेछ। लामो यात्रामा नजानु राम्रो हुन्छ। न्यायपूर्वक गरेको श्रम र लगानीबाट सन्तोष मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रमबाट सन्तोष मिल्नेछ।

सिंह : आजको दैनिकी राम्रो छ। धेरै चुनौतीबाट खारिएपछि मात्र तपाईंको उदय हुनेछ। थोरै बोलेर धेरै काम गर्नुपर्ने समय छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग रहनेछ। स्वदेशमा गरेको श्रमबाट राम्रो आम्दानी हुनेछ।

कन्या : समय राम्रो छ। एक पटक सोचेर बोल्नु राम्रो हुन्छ। शिक्षामा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा शंकाको दृष्टिले हेर्नेछन्। आलस्य त्यागेर काम गर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध राम्रो बन्नेछ।

तुला : दैनिकी राम्रो छ। बलले भन्दा बुद्धिले धेरै काम गर्नुपर्नेछ। हल्ला गर्नेहरु असफल हुँदा तपाईं सफल बन्ने योग छ। शिक्षामा सफलता मिल्नेछ। परिवारमा सकारात्मक भाव सञ्चार भएकाले सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : आज शनिदेवको छाया योग परेको छ। अरु सफल बन्दा तपाईंले बढी श्रम गर्नुपर्ने हुनसक्छ। परिवारको साथ, सहयोग र माया प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा उन्नति हुने योग छ। जागिरमा बढुवा हुने योग छ।

धनु : दैनिकी राम्रो छ। मनमा उत्साह बढ्नेछ। काममा जोस र जाँगर उस्तै रहनेछ। मासु, मदिरा र सुन्दरताको पछाडि नलाग्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रमा गरेको लगानी सफल हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता प्राप्त होला।

मकर : दिन सामान्य छ। अचानक धन खर्च हुने योग छ। हतारमा निर्णय गर्नु राम्रो हुँदैन। बौद्धिक व्यक्तिसँग सुझाव लिएर काम थाल्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। व्यापार गर्नुहुन्छ भने आम्दानी बढ्नेछ। परिवारमा अनविश्वास बढ्नेछ।

कुम्भ : दिन राम्रो छ। शनिदेवको छाया योग परेको छ। जन्मकुण्डलीको ३, ६ र ११ औं स्थानमा शनि रहेको भए ठुलो उपलब्धि हुनेछ। बोलीमा नम्रता र भावमा शुद्धता भने आवश्यक पर्छ। परिवारको साथ र सहयोग रहनेछ।

मीन : दिन सामान्य छ। खर्च बढ्ने योग छ। वर र पिपलको दर्शन गर्नुभयो भने दिन राम्रो हुनेछ। शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ। वैदेशिक लगानीमा गरेको श्रमबाट उत्साह बढ्नेछ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ५ : ४६ बजे

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत