नर्स हत्या प्रकरण : आरोपित युवा मृत फेला « Khabarhub

नर्स हत्या प्रकरण : आरोपित युवा मृत फेला


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरको नोबेल टिचिङ्ग अस्पतालमा कार्यरत २३ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न प्रेमी विराटनगरको एक होटलमा मृत फेला परेका छन् ।

चन्द्रिका कुमारीको हत्या गरी फरार रहेका २२ वर्षीय शिवशंकर दास नोबेल अस्पताल अगाडि रहेको होटल फाइनमा झुण्डिएको अवस्थामा आइतबार राती मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

चन्द्रिका कुमारीको प्रेमी रहेको भनिएका शिवशंकर चन्द्रिका कुमारीको हत्या भएको तीन दिनपछि मृत फेला परेका हुन् ।

शिवशंकरले आत्महत्या गरेको होटल नर्स चन्द्रिका कुमारीको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा पर्दछ ।

सिरहाको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर– ४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडिदेखि कोठामा बस्दै आएकी थिइन् ।

उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा डेराको कोठा भित्र बाथरुममा शव भेटिएको थियो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको थियो ।

चन्द्रिका कुमारीको उनकै प्रेमी शिवशंकरले हत्या गरेर फरार भएपछि उनको खोजी कार्यमा प्रहरी लागि परेको थियो । फरार रहेका शिवशंकरको खोजी गर्ने क्रममा आत्महत्या गरेको अवस्थामा भेटिएको एसपी कार्कीले बताए ।

‘हत्यामा संलग्नको पहिचान भएपछि खोजी कार्यलाई हामीले तिव्र बनाएका थियौँ । हामीले प्राविधिक रुपमा पनि अनुसन्धान गर्दै आएका थियौँ । सोही क्रममा आइतबार दिउँसो विराटनगरको कञ्चनबारीनजिक शिवंकरले प्रयोग गर्ने फोनको लोकेसन देखाएको थियो ।

ट्रयाक गर्दै खोजी गर्ने क्रममा होटल फाइनमा प्रहरी टोली पुगेको थियो । एउटा होटलको ढोका खुलेन । त्यसपछि ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा शव भेटिएको छ,’ एसपी कार्कीले भने ।

शिवशंकर र चन्द्रिका कुमारीको चार वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए ।

उनी वैदेशिक रोजगारमा गएपछि यता चन्द्रिका कुमारीको सीएमए सिरहाका अमिन धानुकसँग प्रेम सम्बन्ध बसेको थियो । ‘चन्द्रिका कुमारीले प्रेममा धोका दिनेभएपछि हत्या गरेको देखिन्छ,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘अब म पनि आत्महत्या गर्छु भनेर शिवशंकरले दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेको पनि रहेछन् ।’

शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए । उनी २९ फागुनमा विराटनगर आएको देखिन्छ । विराटन

याे पनि…

मृत भेटिएकी नर्सको शरीरभर धारिलो हतियारको चोट

विराटनगरमा एक स्टाफ नर्सको हत्या

 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ९ : १५ बजे

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा