छानबिनमा जोसुकै होस् दोषीले कारबाही भोग्नुपर्छ ः जीवन परियार  « Khabarhub

छानबिनमा जोसुकै होस् दोषीले कारबाही भोग्नुपर्छ ः जीवन परियार 


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य जीवन परियारले छानबिनका नाममा धेरै व्यक्ति कारबाहीका लागि सिफारिसमा परेकाले  दुरुपयोग हुन नहुने बताएका छन् ।

सहमहामन्त्री समेत रहेका सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा कानुनको प्रयोग नगरी छानबिन गर्न आग्रह गरे । 

उनले भने, ‘यसमा धेरै व्यक्ति कारबाहीका लागि सिफारिसमा परेका छन् । जोसुकै होस् दोषीले कारबाही भोग्नुपर्छ ।’

उनले भने, ‘सीआईबीकै पदाधिकारीहरूले ६० लाख, ३० लाख बार्गेनिङ कसरी गरे रु आईजीपी बनाउँदा दुई करोड-एक करोड चाहिन्छ भनेर एउटा व्यापारीसँग बार्गेनिङ कसरी हुँदै छ रु यसरी सीआईबीजस्तो भरपर्दो निकायबाट फरार अभियुक्तसँग मोलमोलाइ गर्न थालियो भने जनताले न्याय पाउने अवस्था रहँदैन ।’

उनले सुन तस्करी छानबिन गर्न बनेको उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा सरकारले आवश्यक कदम चाल्नुपर्ने समेत बताए । आज सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ गरेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १ : ५३ बजे

पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण हुँदा सेवाग्राहीलाई सहज

तनहुँ– तनहुँका पालिकाबाट चालु आर्थिक वर्षको तीन महिनामा पाँच हजार

यु–१९ एसिया कप : दोस्रो खेलमा बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं – एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दोस्रो

महबाट करोडको कारोबार

कैलाली– परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर– भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै

बजार अनुमगनलाई तिव्रता दिँदै विभाग

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौंका विभिन्न