छानबिनमा जोसुकै होस् दोषीले कारबाही भोग्नुपर्छ ः जीवन परियार  « Khabarhub

छानबिनमा जोसुकै होस् दोषीले कारबाही भोग्नुपर्छ ः जीवन परियार 


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य जीवन परियारले छानबिनका नाममा धेरै व्यक्ति कारबाहीका लागि सिफारिसमा परेकाले  दुरुपयोग हुन नहुने बताएका छन् ।

सहमहामन्त्री समेत रहेका सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा कानुनको प्रयोग नगरी छानबिन गर्न आग्रह गरे । 

उनले भने, ‘यसमा धेरै व्यक्ति कारबाहीका लागि सिफारिसमा परेका छन् । जोसुकै होस् दोषीले कारबाही भोग्नुपर्छ ।’

उनले भने, ‘सीआईबीकै पदाधिकारीहरूले ६० लाख, ३० लाख बार्गेनिङ कसरी गरे रु आईजीपी बनाउँदा दुई करोड-एक करोड चाहिन्छ भनेर एउटा व्यापारीसँग बार्गेनिङ कसरी हुँदै छ रु यसरी सीआईबीजस्तो भरपर्दो निकायबाट फरार अभियुक्तसँग मोलमोलाइ गर्न थालियो भने जनताले न्याय पाउने अवस्था रहँदैन ।’

उनले सुन तस्करी छानबिन गर्न बनेको उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा सरकारले आवश्यक कदम चाल्नुपर्ने समेत बताए । आज सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ गरेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १ : ५३ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)