समाचार

बन्दुकसहित सर्वोच्च परिसरबाट दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ 

By खबरहब

March 18, 2024

काठमाडौं– बन्दुकसहित सर्वोच्च परिसरबाट दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ परेका छन् । 

सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने खोज्दा उनी पक्राउ परेका हुन् । अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको बुझिएको छ । 

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेका अनुसार हातहतियारसहित खड्का अदालत प्रवेश गर्न खोजेपछि प्रहरीको जिम्मा लगाइएको हो । 

पक्राउ पर्नेमा  झापाको बुद्धशान्ति गाउँपालिका ३ का दीपक खड्का रहेका छन् । खड्का दुर्गा प्रसाईँको सुरक्षा गार्डका रूपमा काम गर्दै आएका थिए । 

आज सर्वोच्चमा दुर्गा प्रसाईँसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ ।