कुश्मा नगरक्षेत्रका सडकबत्तीको लाइन काटियो « Khabarhub

कुश्मा नगरक्षेत्रका सडकबत्तीको लाइन काटियो


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

पर्वत– लामो समयदेखि बक्यौता रकम नतिरेपछि पर्वतको कुश्मा नगरपालिका क्षेत्रका सडकबत्तीको ‘लाइन’ काटिएको छ । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले कुश्मा नगरपालिकाअन्तर्गतका सवै सडकबत्ती आज काटिदिएको हो । 

नगरपालिकाले २०७५ सालदेखि सडकबत्ती, नगरपालिकाअन्तर्गत रहेको प्रहरी बिट, स्वास्थ्य इकाइजस्ता ठाउँको महसुल नबुझाएपछि बताइएको छ  । नगरपालिका ग्राहक भएर जोडिएका सडकबत्तीलगायत महसुल रकम पटक पटक माग गर्दा पनि भुक्तानी नपाएपछि लाइन नै काट्नुपर्ने बाध्यता भएको नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका लेखा प्रमुख गोविन्द सुवेदीले जानकारी दिए।

कुश्मा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिसँग पटक–पटक छलफल गरेर भुक्तानीका लागि ताकेता गरे पनि भुक्तानी नभएपछि अन्तिम विकल्पका रुपमा लाइन काट्न थालेको उनले बताए। जनप्रतिनिधि र नगरका कर्मचारी प्रशासनसँग छलफल गर्दा जनप्रतिनिधिहरु सकारात्मक भए पनि कर्मचारी प्रशासन भुक्तानी गर्न तयार नभएको उनले बताए । विद्युत् प्राधिकरणका अनुसार सडकमा जडान गरिएको बिजुलीबापत कुश्माले रु ७४ लाखभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ । कुश्मा नगरपालिका र विद्युत् प्राधिकरणबीच चार वर्षअघि सडकबत्ती राख्ने सम्झौता भएको थियो । 

सम्झौताअनुसार सडकबत्तीबापतको रकम नगरपालिकाले भुक्तानी गर्ने उल्लेख गरिएको छ । कुश्मा –४, ५, ६, ७, ८ र ९ तथा वडा नं २ का केही भागमा सडकबत्ती विस्तार गरिएको छ । झन्डै एक सय ५० भन्दा बढी ठाउँमा सडकबत्ती विस्तार  गरिएको थियो । 

गत असोज १० गते सम्पन्न दशौँ नगरसभाले विद्युत् महसुल भुक्तानीका लागि रु ६५ लाख विनियोजन गरेको भए पनि प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखाले भुक्तानी नदिएको वितरण केन्द्रको आरोप रहेको छ । प्राधिकरणले लाइन काटेका सडकबत्ती बक्यौता रकम भुक्तानी र नयाँ सम्झौता भएपछि पुनः जडान गरिने लेखा प्रमुख सुवेदीले जानकारी दिए। 

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु तिवारीले बजेट अभाव भएका कारण महसुल भुक्तानी रोकिएको बताए। उनले अहिले आधार रकम भुक्तानी गरिने र आधा रकम अर्को आर्थिक वर्षमा भुक्तानी गर्ने तयारी भइरहेको जानकारी दिए। 

एक साताभित्र महसुल भुक्तानी गर्ने उहाँको भनाइ छ । यति लामो समयसम्म बक्यौता रहेको रकम एक साताभित्र भुक्तानी गर्छौं लाइन नकाटिदिनुहोस् भनेर वितरण केन्द्र र नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयमा पनि अनुरोध गरेको उनको भनाइ छ । उनका अनुसार नगरकार्यपालिकाको कार्यालयको विद्युत् महसुल रकम भने नियमित भुक्तानी भइरहेको छ । 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ६ : ३२ बजे

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि

साउन १ देखि ललितपुरमा घरमै डाक्टर, नर्स र औषधिसहितको स्वास्थ्य सेवा

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घरमै स्वास्थ्य सेवा

रोनाल्डाको पीडादायी बिदाई : टिमबाट नपाएको आत्मियता नेपाली सेलिब्रेटीबाट

काठमाडौं- पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पीडादायक विश्वकप बर्हिगमनले धेरै समर्थकको

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको

मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना