सुदूरपश्चिममा सरकारमा दाबी गर्न दिएको समय आज सकिँदै | Khabarhub Khabarhub

सुदूरपश्चिममा सरकारमा दाबी गर्न दिएको समय आज सकिँदै


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको दुई दिनको समय आज सकिँदै छ ।

यस अघि एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले दुवै दाबीलाई अस्वीकार गर्दै दोस्रो पटक मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए ।

प्रदेश प्रमुख मियाँले आज अपराह्न ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार नै मुख्यमन्त्रीको दाबी आह्वान गरेका छन् । यसअघि प्रदेश प्रमुख मियाँले बैशाख २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्ने समय दिएका थिए ।

उक्त समयमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले छुट्टाछुट्टै दाबी पेस गरेका थिए । तर लक्ष्मणकिशोरलाई समर्थन गरेको एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि प्रदेश प्रमुखले फेरी सरकारमा दाबी गर्न आह्वान गरेका थिए ।

सत्ता समीकरणमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपछि एकीकृत समाजवादीले दिर्घ सोडारीलाई अगाडि सारेको छ । तर सोडारी विवादास्पद व्यक्ति रहेको भन्दै एमालेले विकल्प खोज्न भनेपछि यो विषय पेचिलो बनेको छ ।

यता एकीकृत समाजवादीको सचिवालय बैठकले भने सोडारीलाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने निर्णय गरेको छ । अब एमालेले केन्द्रको निर्णय अनुसार अगाडि बढ्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ११ : ११ बजे

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल