सुनको मूल्य घट्याे, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्य घट्याे, कतिमा भइरहेको छ कारोबार ?


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


40k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ३८ हजार ६०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन तोलामा १ लाख ३९ हजार २०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर तोलाको १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदी तोलाको १७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ११ : ४४ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी