पोर्चुगलको समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो « Khabarhub

पोर्चुगलको समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

लिस्बन– सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवं नेपाली पत्रकार प्रबल भट्टराईले जानकारी दिए। शव भेटिए पनि उनको पहिचान बुधबार मात्र खुलेको थियो । बेपत्ता उनको खोजी भइरहेको थियो । 

गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सि फुड) खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो ।

परिवारको आग्रहमा दुवै जनाको शव नेपाल पठाउन लागिएको र यसका लागि कागजीलगायतका आवश्यक प्रक्रियाको तयारी भइरहेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन उपसमितिकी संयोजक दीपा काफ्लेले जानकारी दिए। 

वैदेशिक रोजगारीको सिलसिलामा चार महिनाअघि क्रोसिया आएका टेकबहादुर एक महिनाअघि मात्रै पोर्चुगल आएका थिए भने धनबहादुर फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए ।

नाताले काकाभतिज पर्ने दुवै जना लिस्बन नजिकैपर्ने मोन्तिजोमा सँगै बस्दै आएका थिए । अहिले यी दुवैको शव लिस्बनस्थित साओ जोसे अस्पतालमा राखिएको छ । 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  १२ : २४ बजे

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा