इलाममा कति बिक्ला बादल र एकनाथको अनुहार ? « Khabarhub

इलाममा कति बिक्ला बादल र एकनाथको अनुहार ?


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद एवं परिवार दलका अध्यक्ष एकनाथ ढकाल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगै इलाममा पुगेका तस्बिर सोसल मिडियामा छाएका छन् । एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन एकनाथ इलाम पुगेका हुन् ।

ढकाल नेकपा एमालेका समानुपातिक सांसद हुन् । तर, उनी अहिले पनि नेपाल परिवार दलको अध्यक्ष छन् । राजनीतिक दलसम्बन्धी ऐनले जुन दलबाट सांसद बनेको हो, सो दलमा नरहेको अवस्थामा सांसद पद रिक्त हुने व्यवस्था गरेको छ । तर, ढकाल भने एमालेको सांसद र परिवार दलको अध्यक्षको दोहोरो भूमिकामा छन् ।

इलाममा बुधबार आयोजित चुनावी सभालाई सम्वोधन गर्दा ढकाललाई परिवार दलको अध्यक्षकै रुपमा प्रस्तुत गरिएको थियो । ढकालले केपी ओलीसँगै चिया उद्योगको समेत अवलोकन गरेका थिए ।

त्यसो त गत चैत २६ गते परिवार दलका तर्फबाट प्रेस विज्ञप्ति नै जारी गरेर सुहाङ नेम्वाङलाई समर्थन रहेको जनाइएको थियो ।

विगतको चुनावी रेकर्ड हेर्दा इलाममा परिवार दलको कुनै पनि अस्थित्व भने देखिँदैन । यो अवस्थामा एकनाथको उपस्थतिले सुहाङको भोट बढाउँछ या थप विवादमा पार्छ भन्ने प्रश्न उब्जिएको छ ।

किनभने, यता काठमाडैंमा परिवार दलका अध्यक्ष एकनाथ ढकालको दोहोरो भूमिकामाथि संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतको रिट दर्ताको तयारी भइरहेको स्रोतले बतायो ।

पार्टीका त्यागी नेतालाई बाइपास गरेर एकनाथ ढकाललाई किन समानुपातिक सांसद बनाइएको हो भन्ने प्रश्न पार्टीभित्रै उठिरहेका बेला ओलीले ढकाललाई महत्व दिएर इलाममा आफूसँगै खटाएका छन् । यसले मतदाता त परै जाओस् कार्यकर्तामा समेत खासै उत्साह नजाग्ने एमाले कार्यकर्ताको ठम्याइ छ ।

यो पनि- 
संविधानले नचिन्ने एमालेका एक अनाथ

बादल पनि इलाममा

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका रामबहादुर थापा बादल पछिल्लो समय सार्वजनिक कार्यक्रममा त्यति देखिँदैनथे । सुन तस्करी प्रकरणमा आरोपित आफ्ना छोरा फरार रहेपछि बादल सार्वजनिक कार्यक्रममा कम देखिने गरेका हुन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका बादलले आफ्नो फरार छोरालाई संरक्षण गर्दै आएको प्रहरीको आशंका छ ।

उनै बादललाई समेत ओलीले सुहाङको चुनाव प्रचार प्रसारका लागि इलाम लिएर गएका छन् । पूर्वमाओवादी नेता बादलको उपस्थिति पनि मतदाता माझ प्रत्युत्पादक हुन सक्ने कतिपय एमाले नेताहरुको आकलन छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  १२ : ३८ बजे

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बलेवा– मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै बागलुङका

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै