इलाममा कति बिक्ला बादल र एकनाथको अनुहार ? | Khabarhub Khabarhub

इलाममा कति बिक्ला बादल र एकनाथको अनुहार ?


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद एवं परिवार दलका अध्यक्ष एकनाथ ढकाल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगै इलाममा पुगेका तस्बिर सोसल मिडियामा छाएका छन् । एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन एकनाथ इलाम पुगेका हुन् ।

ढकाल नेकपा एमालेका समानुपातिक सांसद हुन् । तर, उनी अहिले पनि नेपाल परिवार दलको अध्यक्ष छन् । राजनीतिक दलसम्बन्धी ऐनले जुन दलबाट सांसद बनेको हो, सो दलमा नरहेको अवस्थामा सांसद पद रिक्त हुने व्यवस्था गरेको छ । तर, ढकाल भने एमालेको सांसद र परिवार दलको अध्यक्षको दोहोरो भूमिकामा छन् ।

इलाममा बुधबार आयोजित चुनावी सभालाई सम्वोधन गर्दा ढकाललाई परिवार दलको अध्यक्षकै रुपमा प्रस्तुत गरिएको थियो । ढकालले केपी ओलीसँगै चिया उद्योगको समेत अवलोकन गरेका थिए ।

त्यसो त गत चैत २६ गते परिवार दलका तर्फबाट प्रेस विज्ञप्ति नै जारी गरेर सुहाङ नेम्वाङलाई समर्थन रहेको जनाइएको थियो ।

विगतको चुनावी रेकर्ड हेर्दा इलाममा परिवार दलको कुनै पनि अस्थित्व भने देखिँदैन । यो अवस्थामा एकनाथको उपस्थतिले सुहाङको भोट बढाउँछ या थप विवादमा पार्छ भन्ने प्रश्न उब्जिएको छ ।

किनभने, यता काठमाडैंमा परिवार दलका अध्यक्ष एकनाथ ढकालको दोहोरो भूमिकामाथि संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतको रिट दर्ताको तयारी भइरहेको स्रोतले बतायो ।

पार्टीका त्यागी नेतालाई बाइपास गरेर एकनाथ ढकाललाई किन समानुपातिक सांसद बनाइएको हो भन्ने प्रश्न पार्टीभित्रै उठिरहेका बेला ओलीले ढकाललाई महत्व दिएर इलाममा आफूसँगै खटाएका छन् । यसले मतदाता त परै जाओस् कार्यकर्तामा समेत खासै उत्साह नजाग्ने एमाले कार्यकर्ताको ठम्याइ छ ।

यो पनि- 
संविधानले नचिन्ने एमालेका एक अनाथ

बादल पनि इलाममा

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका रामबहादुर थापा बादल पछिल्लो समय सार्वजनिक कार्यक्रममा त्यति देखिँदैनथे । सुन तस्करी प्रकरणमा आरोपित आफ्ना छोरा फरार रहेपछि बादल सार्वजनिक कार्यक्रममा कम देखिने गरेका हुन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका बादलले आफ्नो फरार छोरालाई संरक्षण गर्दै आएको प्रहरीको आशंका छ ।

उनै बादललाई समेत ओलीले सुहाङको चुनाव प्रचार प्रसारका लागि इलाम लिएर गएका छन् । पूर्वमाओवादी नेता बादलको उपस्थिति पनि मतदाता माझ प्रत्युत्पादक हुन सक्ने कतिपय एमाले नेताहरुको आकलन छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  १२ : ३८ बजे

भोजपुरका छ स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा

टक्सार– जिल्लाका छ वटा स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना

काभ्रेमा पनौतीबाहेक सबै स्थानीय तहले ल्याए बजेट तथा कार्यक्रम

काभ्रेपलाञ्चोक– यहाँका १३ स्थानीय तहमध्ये १२ ले तोकिएको समयभित्र नै

भन्सारसम्बन्धी विधेयकमाथि विधायन समितिमा सैद्धान्तिक छलफल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी

सीएनएनको समाचारले ट्रम्पलाई तनाव, भने- फोर्डोबाट इरानले युरेनियम हटाएको मलाई विश्वास छैन

वासिङ्टन- अमेरिकी सञ्चार संस्था सीएनए र न्यूयोर्क टाइम्सले इरानका परमाणु

स्थानीय सरकारलाई बजेट लेख्नै सकस

काठमाडौँ – मङ्गलबार (हिजो) ७५३ वटा स्थानीय सरकारमध्ये अधिकांशले आगामी