पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी « Khabarhub

पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी


६ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको पहिचान गर्न अध्ययन थालेको छ । 

हालै पर्यटकीय राजधानी घोषणा भएको पोखरामा पर्यटक आगमन बढाउन र बसाइ लम्बाउनका लागि नयाँ गन्तव्यको पहिचान तथा स्थापित गन्तव्यको प्रवर्द्धनका लागि स्थलगत अध्ययन गर्न मन्त्रालयको टोली अन्नपूर्ण गाउँपालिका-६ घोडेपानी आएको छ । 

मन्त्रालयका उपसचिव रामप्रसाद आचार्यले सम्भावनायुक्त पर्यटकीय गन्तव्य पहिचान र स्थापित गन्तव्यको प्रवर्द्धनका लागि समस्या, आवश्यकता पहिचान गर्न मंगलबार र बुधबार स्थलगत अध्ययन गरिएको जानकारी दिए ।

मन्त्रालयका सचिव कुमानसिंह गुरुङको नेतृत्वमा आएको टोलीले स्थानीय होटल व्यवसायी, जनप्रतिनिधि, पर्यटक, पर्यटन व्यवसायीसँग समस्या, सम्भावना र समाधानका लागि गर्नुपर्ने कामका बारेमा छलफल गरेको थियो । 

सचिव गुरुङले पर्यटकीय क्षेत्रका सरोकारवालाको सुझावलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिने बताए । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा पनि सुझावलाई समावेश गरिने उनको भनाइ छ ।  

अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुन र अन्नपूूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले सडकको पहुँच, पोखरादेखि घोडेपानीसम्म बस सेवा सञ्चालन, प्रचारप्रसारका कारण आन्तरिक पर्यटकको आगमन बढेको बताए ।

घोडेपानीमा पर्यटकको बसाइ लम्ब्याउन गुराँस पार्क, घोडा र साइकल मार्ग निर्माण गरिएको जानकारी गराउँदै घोडेपानीको सङ्ग्राहलयलाई व्यवस्थित बनाउन सहयोगको अपेक्षा गरे । घोडेपानी पर्यटक प्रहरी चौकीका अनुसार विसं २०८० मा ३१ हजार चार सय ३९ पर्यटकले घोडेपानीको भ्रमण गरेका छन् । 

समुद्र सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन् । घोडेपानीमा साना ठूला गरी २७ होटलमा एक दिनमा एक हजार जना बास बस्न सक्ने क्षमता रहेको छ ।

पुनहिलबाट धवलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृष्यावलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ । 

हिजोआज गुराँस फुलेर ढकमक्क बनेको जङ्गलमा रमाउने पर्यटकको चहलपहल बढेको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताए । 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  १ : ३४ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ