एप्पललाई उछिन्दै पहिलो स्थानमा सामसुङ  | Khabarhub Khabarhub

एप्पललाई उछिन्दै पहिलो स्थानमा सामसुङ 


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्मार्टफोन बजारमा एप्पललाई उछिन्दै सामसुङ स्माटफोन सेल्समा अगाडि आएको छ । सन् २०२४ को पहिलो त्रैमासमा आईफोनलाई उछिन्दै सामसुङ पहिलो स्थानमा आएको हो ।

डेटा रिसर्च कम्पनी ‘आईडीसी’ का अनुसार सन् २०२४ को पहिलो त्रैमासमा विश्व बजारमा सामसुङ ढुवानी २०.८ प्रतिशतसहित पहिलो स्थानमा रहेको छ । तर  एप्पलको बजार हिस्सा १७.३ प्रतिशतमा खुम्चिएको छ ।त्यसैले याे दाेस्राे स्थानमा आएकाे छ ।

आइफोन निर्माता एप्पलले गत वर्षको डिसेम्बर त्रैमासमा सामसुङलाई पछि पार्दै नम्बर वान स्मार्टफोन कम्पनी बन्न सफल भएको थियो ।

ग्यालेक्सी एस २४ को विश्वव्यापी बिक्रीमा गतवर्ष लञ्च भएको ग्यालेक्सी एस २३ को तुलनामा ८ प्रतिशतको वृद्धि देखियो ।

दक्षिण कोरियाली कम्पनी सामसुङले सन् २०२४ को सुरुवातमै सामसुङ ग्यालेक्सी एस२४ सिरिज लञ्च गरेको थियो । वर्षको पहिलो त्रैमासमै कम्पनीले ६ करोडभन्दा धेरै फोन विश्व बजारमा पठाउन सफल भयो ।

उता वर्षको पहिलो त्रैमासमा एप्पलले भने ५ करोड १ लाख गोटा आइफोन विश्व बजारमा पठाएको छ। गत वर्ष यही अवधिमा आइफोनको शिपमेन्ट ५ करोड ५४ लाख गोटा थियो ।

त्यस्तै एप्पल १७.३, साओमी १४.१, ट्रानसेसन ९.९, अप्पो ८.७ र अन्यको २९.३ प्रतिशत ढुवानी रहेको छन् । पहिलो त्रैमासमा सामसुङले ६०.१ मिलियन स्मार्टफोन युनिट बजारमा ढुवानी गरेको छ । जुन सन् २०२३ को पहिलो त्रैमासभन्दा ०.७ प्रतिशतले कम हो ।

स्मार्टफोन बजारमा एप्पलको ढुवानी गत वर्षको तुलनामा ९.६ प्रतिशतले घटेको जनाइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ४ : ३७ बजे

टेम्पो चालक विष्णुको आत्मगौरव– ‘सन्तानलाई सम्पत्ति ठानेर लगानी गरेँ, उनीहरूले सन्तोष दिए’

पतिको देहावसानपछि एक छोरा र एक छोरीको जिम्मेवारी सम्हालेकी विष्णु

घरमा शमीको बिरुवा रोप्दा के हुन्छ ?

काठमाडौं– सनातन धर्ममा घरमा बिरुवा लगाउनुलाई शुभ मानिन्छ । किनकी

इलाममा पराजित रास्वपाका मिलनले साग पसल खोल्ने

काठमाडौं– इलाम–२ मा भएको उपनिर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल र रुसी समकक्षीबीच भेटवार्ता

काठमाडौं– भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र रुसका राष्ट्रिय

घाट पुगेका आफन्तको प्रश्न, सास जान कति समय लाग्छ ?

काठमाडौं – जतिसुकै घमण्ड भए पनि आर्यघाट पुगेपछि जिन्दगीबारे मान्छेको