आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि लुम्बिनी र मधेशमा सरकार विस्तारसम्म | Khabarhub Khabarhub

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि लुम्बिनी र मधेशमा सरकार विस्तारसम्म


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री प्रचण्ड र ओली छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ । झापाबाट काठमाडौँ आउनासाथ एमाले अध्यक्ष ओली सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफलमा जुटेका हुन् ।

सत्ता समीकरणमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर वैकल्पिक गठबन्धन बनाउने सहमति गरेको विषय मिडियामा चर्चा भएपछि प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा जुटेको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड र ओलीले छलफल गरिरहेका बेला गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने पनि पुगेका छन् ।

मन्त्रिपरिषद्को बैठक

सत्ता समीकरणमा कुनै समस्या छैन् : गृहमन्त्री लामिछाने

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

सुरक्षा प्रत्याभूतिको माग गर्दै गृहमन्त्रीकहाँ पुगिन् रमिला श्रेष्ठ

नवनियुक्त महालेखापरीक्षक रायाले लिए सपथ
नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले रायालाई सपथ गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति थियो।


संवैधानिक परिषद्को सिफारिस र संघीय संसदअन्तर्गत संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएपछि रायालाई राष्ट्रपति पौडेलले महालेखापरीक्षक पदमा नियुक्त गरेका थिए ।

डा अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनित

तोयम राय महालेखा परीक्षकमा नियुक्त

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण : अर्थमन्त्री पुन

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त
एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई बिहिबार मुख्यमन्त्रीमा नियुक्त गरेको सांसद् नरेश शाहीले बताए ।


सोडारीले आजै माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ ।

गठबन्धनबाट सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीको दाबी पेस

सुदूरपश्चिममा समाजवादीकै नेतृत्वमा सरकार बन्छ : राजेन्द्र पाण्डे

लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । एक कार्यक्रमका बीच प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गत चैत्र २३ गते आफू नियुक्त भएपछि दोस्रो पटक मन्त्रिपरिषद् बिस्तार गर्दै सरकारलाई पूर्णता दिएका छन् । उनले ११ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।

जसमा चेतनारायण आचार्यलाई अर्थमन्त्री, दिपेन्द्र पुनलाई स्वास्थ्य, भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

लुम्बिनी प्रदेशमा सरकार विस्तार

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

मार्ग प्रशस्त गर्न कोशीका मुख्यमन्त्रीलाई एमालेको आग्रह

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

रुसमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै प्रदर्शन
रुस–युक्रेन युद्धमा क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारहरूले बिहीबार सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका छन् ।

युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने लगायतका माग राख्दै उनीहरूले सिंहदरबार दक्षिण गेट अगाडी प्रदर्शन गरेका थिए ।


उनीहरूले प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले केहीलाई पक्राउ गरेको थियो । उनीहरूले विभिन्न प्लेकार्ड बोकेर उनीहरूले नाराबाजी समेत गरेका थिए ।

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

मनकामना केबलकार शुक्रबार बन्द हुने

एन्फाका उपाध्यक्ष लामा रिहा

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

काठमाडौंमा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो

आर्थीक…

लगानी सम्मेलन : ३६ देशका ४६५ जनाले सहभागी हुन पठाए कन्फर्मेसन
सरकारले यही वैशाख १६ र १७ गते आयोजना गर्न लागेको ‘नेपाल इन्भेष्टमेन्ट समिट २०२४’ अर्थात् तेस्रो लगानी सम्मेलनमा ३६ देशबाट ४६५ जनाले सहभागिता जनाउने कन्फर्मेसन पठाएका छन् ।

लगानी बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायका अनुसार नेपालले सम्मेलनमा सहभागी हुनका लागि १३५५ जनालाई औपचारिक पत्र पठाएकोमा ४६५ जना विभिन्न देशका कूटनीतिज्ञ, विभिन्न संस्थाका प्रतिनिधि र लगानीकर्ताहरूले सहभागिताको लागि कन्फर्मेसन पठाएका हुन् ।


लगानी बोर्डकाअनुसार अहिलेसम्म लगानी सम्मेलनमा सबैभन्दा धेरै चीनबाट ६४ जनाले सहभागी हुने कन्फर्मेसन पठाएका छन् । त्यस्तै, भारतबाट ५७, जर्मनीबाट १२, बेलायतबाट ११, अमेरिका र बंगलादेशबाट १०-१० जना, युएई र जापानबाट ८-८ जना, दक्षिण कोरियाबाट ७ जना, पाकिस्तान र अस्ट्रेलियाबाट ६-६ जनाले सहभागिताको लागि कन्फर्मेसन पठाएका छन् ।

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

साताको अन्तिम नेप्से १९.५६ अंकले घट्यो

ओरालो गतिमा मनायो नेप्सेले नयाँ वर्ष, सातामा ५३.१६ अंकले घट्यो बजार

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित
इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित मानिसलाई सुरक्षित स्थानमा सारिएको अल जजिराले बिहीबार जनाएको छ ।

माउन्ट रुआङमा मंगलबार एक पटक तथा त्यसपछि बुधबार चार पटक विस्फोट भएको थियो ।

इन्डोनेसियाको ज्वालामुखी विज्ञान एजेन्सीले पर्वतको सतर्कता स्तर बढाएर चार पुर्‍याएको छ, जुन मापनमा सबैभन्दा उच्च सात सय मिटर अग्लो छ। एजेन्सीले क्रेटर वरपरको बहिष्करण क्षेत्रको आकार चारदेखि छ किलोमिटरसम्म विस्तार गरेको छ । सुरुमा रुआङका आठ सयभन्दा बढी बासिन्दाहरूलाई टागुलान्डाङ टापुमा सारिएको थियो ।

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

युक्रेनको चेर्निहिभमा रुसी हमला, १७ जनाको मृत्यु

अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ७ : ५८ बजे

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१