उदयपुरमा जिल्ला प्रशासन कार्यालयद्वारा बजार अनुगमन « Khabarhub

उदयपुरमा जिल्ला प्रशासन कार्यालयद्वारा बजार अनुगमन


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमन गरेको छ ।

म्याद गुज्रेका सामग्री,अवैध समान, संचालित पसलहरू मापदण्ड अनुसार संचालन भए/नभएको परीक्षण गर्न अनुगमन गरेको हो ।

प्रशासनको टोलीले बुधबार र बिहीबार  उदयपुरको कटारी र घुर्मी बजारका  विभिन्न स्थानका ३९ ओटा पसल अनुगमन गरेकोमा २ ओटालाई कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा श्रवण किराना जनरल स्टोर कटारी र राहुल जनरल स्टोर घुर्मी लाई  ५/५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका स्थानीय प्रशासन शाखा प्रमुख विमल कुमार रानाले जानकारी दिए।

अन्य पसललाई भने तत्काल सुधार गर्न निर्देशन दिँदै सचेत गराइएको रानाले बताए । अनुगमनको क्रममा खाद्यान्न पसलको अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा म्याद गुज्रेका ५६ हजार बराबरको सामग्री नष्ट गरेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जानकारी दिएको छ ।

प्रशासनको संयुक्त बजार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय उदयपुर, इलाका प्रशासन कार्यालय कटारी ,घरेलु कार्यालय ,करदाता सेवा कार्यालय, खाद्य तथा गुण नियन्त्रक,नगरपालिका, इलाका प्रहरी कार्यालय कटारी र उद्योग वाणिज्य संघ कटारीको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ६ : ४४ बजे

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान