जाभीलाई बर्खास्त गर्ने बार्सिलोनाको तयारी | Khabarhub Khabarhub

जाभीलाई बर्खास्त गर्ने बार्सिलोनाको तयारी


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नान्डेजलाई बर्खास्त गर्ने तयारी गरेको छ ।

मिडिया रिपोर्टका अनुसार जाभी बार्सिलोनामै रहने सहमति भएको केही सातामै बार्सिलोनाले जाभीलाई बर्खास्त गर्ने दाबी गरिएको छ ।

काटालन रेडियो स्टेसन आरएसी–१ ले बार्सिलोनाका प्रेसिडेन्ट जोन लापोर्टाले जाभीलाई बर्खास्तको तयारी गरेका हुन् ।

यस अघि जाभीले गत जनवरीमै यस सिजनको अन्त्यमा बार्सिलोना छोड्ने घोषणा गरेका थिए । यस सिजनमा ला लिगा पनि जित्ने अवस्थामा नरहेको र च्याम्पियन्स लिगबाट पनि बाहिरएको अवस्थामा जाभीले बार्सिलोना छोड्ने निर्णय सुनाएका थिए ।

तर केही साता अघि मात्र प्रेसिडेन्ट लापोर्टा र क्लबका अन्य वरिष्ठ अधिकारीहरूसँगको छलफलपछि जाभी अझै एक सिजन बार्सिलोनामै रहन सहमत भएका थिए । साथै जाभीले बार्सिलोनाको आर्थिक अवस्था राम्रो नभएकोले रियल म्याड्रिडसँग प्रतिष्पर्धा गर्न मुस्किल भएको धारणा व्यक्त गरेका छन् ।

रिपोर्टका अनुसार बार्सिलोनाका केही खेलाडीको विषयमा जाभीव्यवस्थापनबीच फरक धारणा बनेपछि जाभीलाई हटाउने निष्कर्ष निकालिएको छ ।

साथै जाभीले हाल क्लबमा रहेका खेलाडीको क्षमता अनुसारको नतिजा निकाल्न नसकेको बोर्डको निष्कर्ष समेत रहेको बताइएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ७ : २५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग