संसद्‍मा प्रदीप पौडेलले भने : राष्ट्रिय अनुसन्धानलाई प्रधानमन्त्रीमातहत राख्न मिल्दैन « Khabarhub

संसद्‍मा प्रदीप पौडेलले भने : राष्ट्रिय अनुसन्धानलाई प्रधानमन्त्रीमातहत राख्न मिल्दैन


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्रीको मातहतमा राख्न नमिल्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विभिन्न मन्त्रालयको बिनियोजित बजेटमाथिको छलफलका क्रममा पौडेलले सरकारको छाया पर्ने भएकाले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न नमिल्ने बताएका हुन् ।

उनले सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई पनि स्वतन्त्र हैसियत दिने गरि व्यवस्था गर्नुपर्ने पनि बताएका छन् ।

संसद्बा‍ट बजेट पास गर्नुपर्ने अवस्थामा सांसदहरुले दिएको सुझाव उल्लेख हुनुपर्ने उनको भनाइ छ । पौडेलले सबै बिषयमा पार्टीको ह्वीप लाग्ने बिषयलाई अब सच्चाउनुपर्नेमा पनि जोड दिएका छन् ।

अहिलेको बजेट निश्चित व्यक्तिहरूको क्षेत्रमा केन्द्रित गरेको भन्दै उनले आपत्ति जनाए ।

पौडेलले ‘विनियोजन विधयेक, २०८१ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्तावसमेत गरेका छन् ।

 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ३ : ३३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह