श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ « Khabarhub

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटमा आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ । 

जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा राजापुर नगरपालिका ५ मदनी चौक बस्ने ३४ वर्षका मसुद आलम लहेरिलाई प्रहरीले पक्राउ गरेको हो। 

लहेरीमाथि ज्यान सम्बन्धी मुद्दा कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन् । 

लहेरीले गत जेठ ३२ गते आफ्नै फुसको छाना भएको घरमा सुतिरहेकी अवस्थामा बिहान साढे ४ बजेको समयमा जेठी श्रीमती वर्ष ३७ की नजाबुन नेसाको लहेरीले घाँटी थिचेर हत्या गरेका थिए ।  उनको दुईवटा बिहे रहेको बुझिएको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट एकजना प्रहरी अधिकृतको कमाण्डमा गएको टोलीले घटनाको अनुसन्धान गर्दै आरोपी मसुद लहेरिलाई सोधपुछ गर्दा उनले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ५ : ३९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया