‘भ्रष्टाचार विरोधी अभियन्ता हौँ’ भन्दै ठगी, समातिए चार जना « Khabarhub

‘भ्रष्टाचार विरोधी अभियन्ता हौँ’ भन्दै ठगी, समातिए चार जना


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भ्रष्टाचार विरोधी अभियन्ता हौँ भन्दै ठगी गरेको आरोपमा प्रहरी वृत्त बौद्धले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रहरीले पक्राउ गरेकामा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३१ वर्षीय राजु सुनार, वडा नं. ८ बस्ने २६ वर्षीय आदर्श क्षत्री, वडा नं. १ बस्ने २० वर्षीया अस्मिता खत्री तथा वडा नं. २ बस्ने ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “पक्राउ परेकाले आफूहरू भ्रष्टाचार विरोधी अभियन्ता हुँ भन्दै गोकर्णेश्वर नगरपालिकाभित्र गैरकानुनी रुपमा ‘बेथिति एवं भ्रष्टाचार विरुद्धको अभियान २०८०’ नामक संस्था स्थापना गरी ठगी गरेको आरोप छ ।”

निजहरूले विभिन्न वडाहरूमा त्यसका शाखा विस्तार गरी विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, टोल सुधार एवं उपभोक्ता समितिमा गएर तपाईँहरूले आर्थिक अनियमितता गरेको भन्ने उजुरी हामी कहाँ परेको छ, त्यस विषयमा छानबिन गर्न आएका हौँ भन्दै असम्बन्धित सूचना माग्ने गरेको प्रहरीले जनाएको छ ।

पदाधिकारी तथा कर्मचारीलाई धम्काउने, मुद्दा हालदिन्छु भनि आतङक सृजना गरी भिडियो बनाइ अनाधिकृत तवरले रकम असुली गरी ठगी गर्ने तथा पुष्टि नभएका कुराहरूलाई सामाजिक सञ्जालमा राखी चरित्र हत्या गर्ने जस्ता कार्यहरू गरेको आरोपमा उनीहरू विरुद्ध प्रहरी वृत्त बौद्धमा जाहेरी परेको प्रवक्ता अधिकारीको भनाइ छ ।

पक्राउ परेकाहरू माथी प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १० : २२ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा