विपद्बाट आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु « Khabarhub

विपद्बाट आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ । 

विपद्मा परी काठमाडौँमा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ  गरी जम्मा एक सय २५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार विपद्मै परी काठमाडौँमा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौँ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा १४ गरी जम्मा एक सय ४३ जना घाइते भएका छन् । 

यसैगरी कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी आठ जना बेपत्ता भएको प्रवक्ता कार्कीले बताए।

उनले भने, ‘बाढीपहिरोलगायत विपद्मा परी बेपत्ता भएकाको खोजी भइरहेको छ ।’ सिमलताल दुर्घटनामा बेपत्ता भएकाको तथ्यांक यहाँ समावेश नगरिएको प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् । 

दुई सय २२ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई  सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्मा पाँच सय ८५ वटा पशुचौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय २१ परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ६ : ३० बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,