त्रिशूलीमा बेपत्ता बसका थप दुई यात्रुको शव भेटियो, १४ को सनाखत « Khabarhub

त्रिशूलीमा बेपत्ता बसका थप दुई यात्रुको शव भेटियो, १४ को सनाखत


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

चितवन- गत शुक्रबार बिहान भरतपुर महानगरपालिका-२९ सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका थप दुई यात्रुको शव भेटिएको छ।

बिहीबार भरतपुर महानगरपालिका-२६ शिशुवार क्षेत्रस्थित नारायणी किनारमा एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

त्यसैगरी नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी व्यारेज पुलमा एकजना महिलाको शव भेटिएको छ ।

ब्यारेज पुलको १० नम्बर ढोकानजिक बिहीबार साँझ ६ बजे करिब ३५ वर्षीया महिलाको शव भेटिएको हो ।

ती दुवै शवको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।

दुवै शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । यससँगै दुर्घटनापछि भेटिएका शवको संख्या २१ पुगेको छ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका थिए । दुवै बसको पनि अवस्था अहिलेसम्म अज्ञात छ ।

जिल्ला प्रहरी कार्यालय चितवनमा अनुसार अहिलेसम्म २१ शव भेटिएका छन्। तीमध्ये १४ शवको सनाखत भएको छ। एक महिलासहित सात पुरुषको सनाखत भएको छैन ।

प्रहरीका अनुसार अहिलेसम्म नवलपुरमा १५, चितवनमा पाँच र पश्चिम नवलपरासीमा एकसहित २१ शव भेटिएका हुन् । जसमा तीन महिला, एक बालक र १७ पुरुष छन्।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ८ : ०७ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली