सूर्यकुमार यादव बने भारतीय टी-२० टोलीको नयाँ कप्तान « Khabarhub

सूर्यकुमार यादव बने भारतीय टी-२० टोलीको नयाँ कप्तान


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सूर्यकुमार यादव भारतीय टी२० क्रिकेट टोलीको नयाँ कप्तान बनेका छन् । श्रीलंकाविरूद्ध हुने टी–२० सिरिजका लागि भारतले सूर्यकुमार यादवको कप्तानीमा टोली घोषणा गरेको हो ।

टी– २० विश्वकपको उपाधि जितेसँगै कप्तान रोहित शर्माले टी–२० बाट सन्न्यास लिएपछि टोलीको टी–२० टिमको कप्तान खाली भएको थियो ।

भारतले जुलाई २७ देखि अगस्ट ७ सम्म श्रीलंकासँग तीन एकदिवसीय र तीन टी–२० आई खेल खेल्दैछ । एकदिवसीयमा भने भारतको कप्तानी रोहित शर्माले गर्ने छन् ।

श्रीलंकामा हुने सिरिज नयाँ प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा भारतको पहिलो सिरिज हुनेछ ।

टी-२० टोली

सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जैसवाल, रिंकु सिह, रियान पराग, ऋषभ पन्त, सन्जु स्यामसन, हार्दिक पान्ड्या, शिवम दुबे, अक्षर पटेल, वासिन्टन सुन्दर, रवि बिश्नोई, अर्शदिप सिह, खलिल अहमद र मोहम्मद शिराज।

ओडीआई टोली

रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान) विराट कोहली, श्रेयस ऎर, रियान पराग, ऋषभ पन्त, लोकेश राहुल, हर्षित राना, शिवम दुबे, अक्षर पटेल, वासिन्टन सुन्दर, कुलदिप यादव, अर्शदिप सिह, खलिल अहमद र मोहम्मद शिराज ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ९ : ५९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्